site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुपारी तस्करीमा संलग्न चार महिला पक्राउ 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । विराटनगरको भारत सीमाबाट अवैध रुपमा भारततर्फ सुपारी तस्करीमा संलग्न चारजना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरी टोलीले विराटनगर १७ स्लामपुर चोकमा नेपालबाट अवैध रुपमा भन्सार छलि भारततर्फ लाँदै गरेको अवस्थामा सुपारीसहित उनीहरुलाई शुक्रबार नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरूमा मोरङ विराटनगर महानगरपालिका १७ बस्ने वर्ष ५५ की कान्ति रमात, सोही स्थान बस्ने वर्ष ५० की महिमुन खातुन, वर्ष २६ की रसिदा खातुन र वर्ष २७ की जरिना खातुन रहेका छन् । उनीहरूको साथबाट बरामद अन्दाजी १५ केजी सुपारीसहित सबैलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC