site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से २७ अंकले घट्दा लगानीकर्ताले गुमाए ३२ अर्ब, कारोबार रकममा भने सुधार
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सेयर बजार सुस्ताउने क्रम अझै रोकिएको छैन । सेयर बजारमा यस साताभर २७ अंकको गिरावट आएको छ । 
बजारमा कारोबार रकममा समान्य सुधार हुँदा परिसूचक घट्नुले बजार अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको संकेत गरेको छ । पछिल्लो समय लगानीकर्ता प्यानको कुराले अल्झिनुका साथै ब्याजदरले सताइएका छन् । 
यही कारण पनि सेयर बजार अझै पनि सुस्त छ । विभिन्न तहका नीतिगत सुधार र अनलाइाको पूर्ण कार्यान्वयनले पनि लगानीकर्ता दिगो रुपमा खुसी हुन नसकेको देखिन्छ । हाल बजार बढ्न नसक्नुको कारण सेयर बजारमा थपिँदो नयाँ सेयर रहेको पनि मानिएको छ । बजारमा सेयरको संख्यामात्र बढिरहँदा बजारमा लगानीकर्ताको संख्या बढेको छैन ।
लगानीकर्तामा अझै अन्योल रहँदा यस साताभर धितोपत्र बजारमा नेप्से परिसूचक २६.७ अंकले घटेको छ । साताभर एकदिनमात्र (दोस्रो दिन) सामान्य अंकले बढेको नेप्से परिसूचक समग्रमा ओरालो लागेको हो ।
सुरुको दिनमै १२ अंकले घटेको सेयर बजार दोस्रो दिन समान्य बढ्न खोजेपनि त्यो प्रयास विफल रह्यो । त्यसयता लगातार घटेको बजारले समग्र दिशा सकारात्मक देखाउन सकेको छैन । नेप्सेमा ठूलो गिरावट आएको अवस्थामा बजारमा यससाताको कुल कारोबार रकम भने बढेको छ । कारोबार रकम अघिल्लो साताभन्दा दोब्बर हुँदै ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँमा कायम भएको हो ।
यसक्रममा सेयर बजारमा १ सय ८८ कम्पनीका २५ हजार ४ सय ९१ कारोबार भए । कारोबार संख्या घटेपनि यससाता कारोबारमा आएका सेयरको संख्या दोब्बरले बढेको हो । साताभर १ करोड १२ लाख २४ हजार कित्ता सेयर कारेबारमा आए ।
अघिल्लो साता बजारमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर बिनबेच भएका थिए । नेप्सेको उताररचढाव कायम रहँदा बजारको औसत कारोबार ६० करोड कायम भएको हो ।
नेप्से अघिल्लो साताभर ३० अंकले घटेको थियो । नेपाल स्टक एक्स्चेन्जका अनुसार पहिलो दिनको सुरुवाती बिन्दुभन्दा नेप्से २.३४ प्रतिशत (२६.७ अंक)ले घटेर १ हजार १ सय १२ दशमलव ८७ अंकमा पुगेको छ ।
नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.३५ प्रतिशतले घटेर २३६.९१ अंकमा आइपुगेको छ ।
नेप्से घट्दा यससाता लगानीकर्ताले ३२ अर्ब रुपैयाँ गुमाएका छन् । साताभर लगानीकर्ताको कुल सम्पत्ति २.३१८ प्रतिशतले घटेको हो । अघिल्लो साताको अन्तिम दिन १३ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँ रहेको बजार पुँजीकरण साताको अन्तिम दिन १३ खर्ब ५८ अर्ब ४४३ करोड रुपैयाँमा कायम भएको छ ।
यससाता कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीलाई उछिन्दै एभरेस्ट बैंकको संस्थापक अग्रस्थानमा रह्यो । बैंकका साताभर १९ करोड १७ लाख रुपैयाँका ४२ हजार कित्ता सेयर किनबेच भए ।
यससाता नेप्सेमा एनसीसी बैंकका ७९ लाख ११ हजार कित्ता हकप्रद तथा जानकी फाइनान्सका ८ लाख ८७ हजार कित्ता, निर्धन लघुवित्तका २० लाख कित्ता, वैस्टर्नविकास बैंकका ७ लाख ४७ हजार र मुक्तिनाथ विकास बैंकका ४७ लाख २९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC