site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वैशाखदेखि सेयर लगानीकर्तालाई प्यान अनिवार्य, सहजीकरण डेस्क स्थापना गर्न ब्रोकरलाई निर्देशन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लगानीकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने भएको छ । नेप्सेले आगामी वैशाख १ गतेदेखि दोस्रो बजारमा सेयर किन्दा प्यान अनिवार्य गरिने उल्लेख गर्दै ब्रोकरहरुलाई प्यान सहजीकरण डेस्क स्थापना गर्न निर्देशन दिएको हो ।
नेप्सेले परिपत्र जारी गर्दै प्यान लिने कार्यमा सहजीकरण गर्न ब्रोकर कार्यालयमा सकेसम्म चाँडो प्यान दर्ता सहजीकरण डेस्क राख्न निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले लगानीकर्तालाई प्यान अनिवार्य गरेको हो । बोर्डले धितोपत्रको दोस्रो बजारमार्फत् सेयर खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य हुने गरी लागू गर्न आवश्यक पूर्व तयारी गर्न निर्देशन दिएको थियो ।
नेप्सेको निर्देशनमा भनिएको छ, “धितोपत्रको दोस्रो बजारमार्फत् धितोपत्रको कारोबार गर्नुहुने लगानीकर्ताले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको वेबसाइटमार्फत् तोकिएबमोजिम स्थायी लेखा नम्बर लिन दर्ता प्रकृयाका लागि निवेदन दिन चाहेमा निज लगानीकर्ताको सहजीकरणका लागि त्यस कार्यालयमा स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्क तथा सो कार्य गर्नका लागि कर्मचारी समेत तोकी स्थायी लेखा दर्ता सहजीकरण गर्ने आवश्यक व्यवस्था यथासक्दो चाँडो गर्नुहुन अनुरोध गरिन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC