अर्थ व्यवसाय
काठमाडौं । एन सि एल स्पोर्टस् प्राइभेट लिमिटेडको आयोजनामा वुमेन्स ट्वान्टी–२० क्रिकेट लिग चैत पहिलो साताबाट हुने भएको छ । महिला क्रिकेटको विकासका लागि चैत १ गतेबाट ट्वान्टी–२० क्रिकेट लिग आयोजना हुन लागेको हो ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक एन सि एल स्पोर्टस् प्राइभेट लिमिटेडका प्रमुख जयराज रोयले लिगमा ४ सहरका ४ फ्रेन्चाइज टोलीकोहरुको सहभागिता रहने जानकारी दिए । उनका अनुसार लिग ९ गतेसम्म विराटनगरको बैज्यनाथ क्रिकेट मैदानमा सञ्चालन हुनेछ । हरेक टोलीले अक्सनमार्फत् खेलाडी छनोट गर्नेछन्
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५ १६:३२
प्रतिक्रिया दिनुहोस्