site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पानी जहाजको टिकट काट्न कहिले पाइन्छ ? प्रधानमन्त्री भन्छन्–तत्कालै, मन्त्रालय भन्छ–सम्भव छैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एकान्तकुनामा पानी जहाज कार्यालय उद्घाटन गर्दै भने, “केहीदिन पखर्नूस् पानी जहाजको टिकट काट्ने दिन धेरै टाढा छैन ।” प्रधानमन्त्री ओलीले पानी जहाजको प्राविधिक थ्योरीअनुसार नेपालको जलमार्ग उपयुक्त नभए थ्योरीलाई नै तोडमोड गरेर पानी जहाज ल्याउने योजना बनाउन इन्जिनियरहरुलाई निर्देशनसमेत दिए ।

“प्रधानमन्त्रीज्यूले भाषणका क्रममा यस्तो बताउनु भए पनि केही दिनभित्रै पानी जहाज नेपाली जलमार्गमा सञ्चालन भइहाल्नेसम्मको अवस्थामा अहिले हामी छैनौं,” ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा जलमार्ग अध्ययन समितिका सदस्य माधव बेलबासेले भने, “मुख्य कुरा भारतले तयार गरेको जलमार्गको डीपीआर नेपाली टोलीले फाइनल नगरेसम्म पानी जहाज नेपाली जलमार्गमा आउने सम्भावना छैन ।”

पहिलो चरणमा नारायणी नदीमा पानी जहाज सञ्चालन गर्न सकिने सहसचिव बेलबासेले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यसपछि कोशी नदीमा पानीजहाज सञ्चालनको तयारी हुनेछ,” बेलबासेले भने, “पानीजहाज सञ्चालनका लागि थप प्राविधिक छलफल भारतले डीपीआर बनाएर नेपाल पठाएपछि हुने छ ।” नवलपरासीस्थित गण्डक ब्यारेजबाट नारायणी नदीहुँदै चितवनको दासढुङ्गासम्म पानीजहाज ल्याउन समितिले पहिलो चरणको अध्ययन गरेको तर त्यसका प्राविधिक कुरा अहिले नै भन्न सक्ने अवस्था नरहेको बेलबासेले बताए ।

“अब चैतमा हामी नेपालका जलमार्ग र पानीजहाज सञ्चानबारे थप अध्ययन गर्नेछौं, डीपीआर र जलमार्गको अब हुने अध्ययनपछि मात्र आवश्यक प्राविधिक कुराबारे जानकारी दिनेछौं,” बेलबासेले भने ।  पानी जहाज सञ्चालन हुने जलमार्ग, ढुवानी गर्ने सामग्री छनोट, मरिन इन्जिनियर सिफारिस र कार्यालय दर्ता, नवीकरणलगायतका काम नेपाल पानीजहाज कार्यालयले गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए ।

Global Ime bank

“कार्यालय प्रमुखको जिम्मेवारी सहसचिवले पाउने छन् । कार्यालय प्रमुखसहित कार्यालयमा १६ जना सदस्य रहने छन्,” प्रवक्ता सापकोटाले भने, “यसअघि विभिन्न आयोजना र कार्यालयहरुमा सोही मन्त्रालयले कर्मचारी पठाउँदै आएको थियो । कर्मचारी समायोजन हुने व्यवस्थाले कर्मचारी समायोजना प्रक्रिया टुङ्गिएपछि चाँडै कार्यालयमा कर्मचारी नियुक्त गरिने छ ।”

प्रधानमन्त्री ओलीले बिहीबार उद्घाटन गरेको नेपाल पानी जहाज कार्यालय बसेको घरमा केही दिनअघि सम्म चक्रपथ सुधार योजनाको कार्यालय रहेको थियो । कलङ्की–कोटेश्वर सडक विस्तार सकिएकाले योजना कार्यालय त्यहाँबाट हटेको र सोही घरमा पानीजहाज कार्यालय उद्घाटन गरिएको हो । 

कार्यालय उद्घाटनसँगै चाँडै नै सञ्चालन हुने दाबी गरिएको पानीजहाज सरकारले भाडामा चलाउने, आफ्नै किन्ने, अनुदान या ऋण सहयोग किन्ने विषयमा हालसम्म केही छलफल नभएको बेलबासे बताउँछन् ।

“प्रमुख कुरा भनेको गंगाबाट नारायणी र कोशी नदीमा कसरी जलमार्ग निर्माण गर्ने, यसका लागि के–कस्ता पूर्वाधार तयार गर्नुपर्छ, जहाज कहाँ–कहाँ रोकिने भन्ने कुरा प्राविधिक टोलीले किटान गर्ने छ,” बेलबासेले बाह्रखरीसँग भने, “पानीजहाज सञ्चालन हुने प्रविधिक पक्ष तयार भएपछि जहाज खरिद प्रक्रियाबारे सरकारले टुङ्गो लगाउने हो । जलमार्ग यकिन भइसकेपछि रुटअनुसारका जहाज खरिद गर्नु सरकारका लागि ठूलो विषय होइन ।”

हाल भारत, मलेसिया, सिंगापुर, श्रीलङ्काजस्ता एसियाली मुलुकले प्राइभेट कम्पनी मोडेलमा पानी जहाज सञ्चालन गरिरहेका छन् । 

“अहिले स्थलमार्गका सवारी साधन ट्रक, कन्टेनरले जसरी सडक प्रयोग गरिरहेका छन्, पानी जहाजलाई पनि त्यसरी नै सञ्चालन गर्न सकिन्छ,” बेलबासेले भने, “जस्तो निश्चित रुटका लागि ट्रक, कन्टेनरले सरकारलाई राजश्व बुझाएर सामान ढुवानी गर्छन् पानीजहाजलनई पनि त्यसरी नै सञ्चालन गर्न सकिन्छ । यसका लागि आवश्यक निर्देशिका र कार्यविधि पानी जहाज कार्यालयले बनाउने छ ।”

कोशी र नारायणीमा पानी जहाज चलाउन सम्भव रहेको मरिन इन्जिनियर निसान आचार्य बताउँछन् । फिलिपिन्समा मरिन इन्जिनियरिङमा स्नातक गरी युनाईटेड अरब इमिरेट्स (युएई) इराक, इरान, टर्कीका पानी जहाज कम्पनीमा काम गरेका इन्जिनियर आचार्यले यसअघि बाह्रखरीसँगको कुराकानीमा भनेका थिए, “हाम्रो टोलीले यी नदीमा गत जेठदेखि असोजसम्म अध्यनन गरेको थियो । अध्ययनले यी दुवै नदीमा २ सय यात्रु क्षमतासम्मका पानीजहाज सजिलै चलाउन सकिने देखाएको छ ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC