site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आयुक्त पाठकविरुद्ध आजै महाअभियोग दर्ताको तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । घुस लिएको अभियोगमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज संसदमा महाअभियोगको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संसदमा नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले शुक्रबार बाह्रखरीसँगको कुराकानीमा आफूहरुले सांसदहरुको हस्ताक्षर संकलनको काम थालिसकेको र प्रमाण पनि जुटाइसकेको समेत जानकारी दिए ।

उनको भनाई थियो,‘‘प्रधानमन्त्री केपी शर्मा ओलीले यस सम्बन्धमा आवश्यक निर्देशन दिइसक्नु भएको छ । उहाँ यसबारेमा प्रष्ट हुनुहुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

आजै महाअभियोग दर्ता हुने सम्भावनाका बारेमा उनले सम्भावना रहेको बताए । पाठकले भक्तपुरको चांगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकसँग घुस लिएको भिडियो रेकर्डसम्बन्धी समाचार सार्वजनिक भएपछि उनीविरुद्ध महाअभियोगको तयारी अघि बढेको हो । 

स्वामित्व विवादमा रहेको इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले आयुक्त पाठकलाई ७८ लाख घूस दिएको समाचार सार्वजनिक भएसँगै उनी विवादमा तानिएका हुन् ।  सञ्चालकहरूबीच नै विवाद भएपछि उक्त कलेजको विषय सार्वजनिक भएको हो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले बाह्रखरीसँग शुक्रबार कुरा गर्दै आयुक्त पाठकका बारेमा आयोगमा कुनै पनि छलफल नभएको बताए । 

Global Ime bank

उनको भनाई थियो,‘‘आयुक्तको मामिलामा हामीले छलफल गर्न मिल्दैन । संवैधानिक रुपमा जुन निकायले हेर्नुपर्ने हो त्यसैले हेर्ला । अरु यसबारेमा हामीलाई केही पनि थाहा छैन ।’’
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC