site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काश्मिरमा भएको आक्रमणमा कम्तिमा ४० भारतीय सैनिकको मृत्यु, प्रधानमन्त्री ओलीद्वारा मोदीलाई फोन गरेर घटनाको निन्दा
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  भारत प्रशासित काश्मिरमा भारतको सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार गरिएको आक्रमणमा परी कम्तिमा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।  काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा पुलवा भन्ने स्थानमा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी ती सुरक्षाकर्मीको मृत्यु भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएपनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको थियो ।  स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार घटनाको पाकिस्तानमा सक्रिय जैस–ए– मोहम्मद इस्लामिक समूहले जिम्मेवारी लिएको छ । समूहका प्रवक्ताले घटनाको पुष्टि गर्दै “भारतीय सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा आफ्नो वाकास कमाण्डो भनिने आदिल अहमदले गराएको  र आफू जैस–ए– मोहम्मद इस्लामिक समूहका लडाकू रहेको” स्थानीय सञ्चारमाध्यमलाई पठाइएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

Agni Group

यो भारतीय सुरक्षाकर्मीमाथि विगत दुई बर्षमा भएको सबैभन्दा ठुलो आक्रमण हो । भारतको काश्मिरमा करिब पाँच लाख सैनिक कार्यरत छन् भने उक्त स्थानमा सन् १९४७ मा बेलायत भारतबाट फर्केपछि पाकिस्तान र भारतबीच सीमा विवादका कारण भएको विवादका कारण प्राय अशान्त रहँदै आएको छ ।

नेपालको निन्दा

Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सो घटनाको निन्दा गरेका थिए । यसैबीच परराष्ट्र मन्त्रालयले पनि वक्तव्य जारी गरी भारतको जम्मु र काश्मिरमा विहीबार भएको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको ज्यान गएकोमा निन्दा गरेको छ । 

परराष्ट्र मन्त्रालयका तर्फबाट जारी गरिएको वक्तव्यमा मृतकप्रति समवेदना व्यक्त गर्दै घाइतेका परिवारको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । यसप्रकारको जघन्य अपराध जुनुसुकै रुप र आवरणमा भएपनि नेपाल सरकारले सधैं निन्दा गर्ने परराष्ट्र मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।  

सो घटनालाई लिएर भारतीय सञ्चार माध्यमहरुले पाकिस्तानप्रति लक्षित गर्दै आरोप लगाएका छन् भने पाकिस्तानले भने छानबिन नगरी केही भन्न नसकिने जनाएको छ । उसले भारतीय सञ्चार माध्यम र सरकारी अधिकारीहरुले लगाएको आरोपलाई अस्वीकार समेत गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC