site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं ।केही समय रोकिएको चन्दा आतंक नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले पुनः सुरू गरेपछि उद्योगी÷व्यवसायी त्रसित भएका छन् । विप्लवले ५० लाख रुपैयाँसम्म चन्दा दिन लिखित उर्दी गरेपछि व्यवसायीहरु आतंकित भएका हुन् । 
केही दिन अघिबाट विप्लव माओवादीले औद्योगिक घरानादेखि बैंक तथा वित्तीय संस्थामा १० लाखदेखि ५० लाख रुपैयाँसम्म चन्दा दिनुपर्ने भन्दै पत्र पठाएको छ । 
“चन्दा दिनुपर्यो भन्दै पटक–पटक फोन गरेर हैरान पारेका छन्,” एक उद्योगीले नाम नबताउने सर्तमा बाह्रखरीसँग भने, “दिनको पाँचदेखि ६ पटकसम्म फोन गरेर हैरान पारेका छ्न् ।”
विप्लव माओवादीले औद्योगिक क्षेत्र, बैंक तथा वित्तीय संस्था, ट्राभल्स एजेन्सी, साना व्यापारीलगायतलाई लिखित पत्र काटेर १० लाखदेखि ५० लाख रुपैयाँसम्म मागेका छन् । “विप्लवका कार्यकर्ता अफिस–अफिस आउने र पार्टीलाई सहयोग गर्नुपर्यो भन्दै चन्दा माग्ने प्रवृतिले हामी हैरान भएका छौं,” एक व्यापारीले भने, “उनीहरूले मागेजति चन्दा दिन हामी सक्दैनौ, नदिऊ धम्क्याउँछन्, ।” 
त्यसैगरी, विप्लवका कार्यकर्ताले आइतबार मात्रै कृषि विकास बैंकको काठमाडौंस्थित गौशालामा रहेको शाखाबाट चन्दा लिएर गएका छन्  । “व्याग बोकेर आएका थिए, पार्टीलाई सहयोग लिन आएको भनेर बैंकबाट जबरजस्ती चन्दा लिएर गए,” बैंकका एक कर्मचारीले भने, “नदिए निहुँ खोजेर बैंकमा तोडफोड गर्छौं भनेपछि बाध्य भएर दियौं ।”
“झोला बोकेका एक जना आए, अफिसमा कति जना कर्मचारी छन् भनेर सोधे” बैंकका एक कर्मचारीले भने, “मैले मलाई थाहा छैन भन्दा उल्टै जंकिएर म विप्लव माओवादीको कार्याकर्ता हो भन्दै कार्यालय प्रमुखको कार्यकक्ष भएको ठाउँमा प्रवेश गरेका थिए ।”
उद्योगीका अनुसार विप्लव माओवादीले अहिले सबैभन्दा बढी हैरान दिएको छ । विप्लव माओवादीले कर्मचारीलाई धम्क्याउनेदेखि उद्योगीलाई फोन गरेर चन्दा माग्नेसम्मका काम गरिरहेको उनीहरुको भनाइ छ । 
यसअघि पनि माओवादीले ठमेलका ट्राभल्स एजेन्सीलाई १० लाखदेखि एक करोडसम्म चन्दा मागेर आतंकित बनाएका थिए । “दैनिक पाँच पटकसम्म फोन गर्दै चन्दा मागेर हैरान बनाइसके,” स्रोतले बाहखरीसँग भने,“हिजोआज त फोन उठाउनै मन लाग्दैन ।”
काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम थापाले चन्दा उठाउने विप्लव माओवादी कार्यकर्तालाई कारवाही गर्ने जानकारी दिए । “कतै कतै चन्दा माग गरेको भन्ने हामीले पनि सुनेका छौं, तर कोही पनि उजुरी गर्न आएको छैन,”उनले भने, “चन्दा उठाएको पाइए त्यस्ता व्यक्तिलाई प्रहरीले कुनै पनि हालतमा छोड्दैन ।”
कुनै व्यक्ति वा संस्थासँग चन्दा उठाउने माओवादी कार्यकर्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई फेला पार्ने वित्तिकै कडा कारवाही गर्ने एसएसपी थापाले जानकारी दिए । 
त्यस्तै काठमाडौं मलमा पसल गर्ने एक व्यापारीले पनि चन्द माओवादीले आफुलाई चन्दा मागेको जानकारी दिए । उनले भने “पार्टी सञ्चालन गर्न आर्थिक अभाव भएको छ, चन्दा माग्न आएको हो भन्दै आएका थिए ।” 
तीन जनाको समूहमा आएका माओवादी कार्यक्रर्ताले एक लाखमाथि कतिसम्म दिन सक्नुहुन्छ दिनुस्, भन्दै चन्दा माग गरेको उनले बताए । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC