site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भुवन भन्छन्– अनमोललाई मैले जिम्मेवारीको भारी बोकाएको होइन
Ghorahi CementGhorahi Cement

‘होस्टल’बाट चलचित्रको यात्रा सुरु गरेका अनमोल केसी अहिले ‘क्याप्टेन’सम्म आइपुगेका छन् । ‘ड्रिम्स’, ‘गाजलु’, ‘कृ’ अनमोलका चलचित्र हुन् । १८ वर्षको उमेरमै मुख्य भूमिकामा देखिएका उनी अहिले २४ वर्षका भए । ‘टिनेजर’ पनि चलचित्रको नायक हुन सक्छ भन्ने ट्रेन्ड सेटर हुन्, अनमोल । कलिलो उमेरमै चलचित्रको मुख्य कथालाई आफ्नो काँधमा बोकेर हिँडेका अनमोललाई दर्शकले रुचाएपछि अन्य मेकरहरुले पनि युवा पुस्तालाई नायकका रुपमा लिन थाले । साथीसङ्गीसँग रमाएर हिँड्ने उमेरमा चलचित्रको नायक भएर जिम्मेवारीको भारी बोक्दाको अनुभवको सेरोफेरोमा रहेर अनमोल र उनका बुवा भुवन केसीसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः

भुवनः उमेर अगाडि नै अनमोललाई जिम्मेवारीको भारी बोकाइदिएँ भन्ने लाग्दैन ?
जिम्मेवारी नै बोकाइदिएँ भन्ने त लाग्दैन । उसले आफैँले लिएको जिम्मेवारी हो यो । यो उमेरमा तिमीले चलचित्र खेल्नैपर्छ भनेर मैले कहिले पनि भनिनँ । मैले भनेकै कारण उसले चलचित्रमा अभिनय सुरु गरेको होइन । तर उमेर अगाडि नै यो तहको जिम्मेवारी पाउनु पनि राम्रो कुरा हो । समयमै जिम्मेवारी लियो भने उसले आफ्नो बाटो आफैँ समाउन सक्छ । कहिलेकाहीँ खेल्ने, कुद्ने उमेरमा उसले लिएको जिम्मेवारी ठूलो नै हो की भन्ने पनि लाग्छ । तर पाएको जिम्मेवारी सहजतापूर्वक लिएको देख्दा खुसी नै लाग्छ । 

अनमोलः साथीहरुसँग रमाउने उमेरमा करोड–करोडका चलचित्र बोकेर हिँड्नुपर्दा कत्तिको तनाव महसुस हुन्छ ?
खासै बोझको महसुस मैले गरिन । हुन त मलाई बच्चैदेखि चलचित्रहरुबाट अफरहरु आइरहेको थियो । तर जब मैले अभिनय सुरु गरेँ त्यो मेरालागि उपयुक्त समय पनि हो जस्तो लाग्यो । मलाई नयाँ ट्रेन्ड सेट गर्नु थियो । मभन्दा अगाडि जति पनि सिने एक्टरहरु हुनुहुन्थ्यो, निकै सिनियर हुनुहुन्थ्यो । म आएपछि युवापुस्ता आाउन थाल्नुभयो मुख्य भूमिकामा । होस्टल बसेर म घर फर्किएका बेला ‘होस्टल’ चलचित्रको स्क्रिप्ट मसँग आइपुग्दा त्यसको धेरै कुरा मैले आफैँसँग रिलेट गरेँ । त्यसैले मैले करिअर सुरु गरेको हुँ । 

Agni Group

भुवनः पढ्ने उमेरमा लगातार चलचित्रमा काम गरिरहँदा एकेडेमिक अध्ययन ओझेलमा परेको छैन ?
पक्कै पनि हो । पहिलो प्राथमिकता पढाइमै हुनुपर्छ भन्छु म । चलचित्रका कारण अनमोलको पढाइमा केही अवरोधहरु आइरहेको छ । तर प्राइभेट गरेर हुन्छ या कसरी हुन्छ अध्ययन पूरा गर्नुपर्छ भनेर मैले अनमोललाई पनि भनिरहेको छु । र, त्यो सोचमा अनमोल स्वयं पनि छ । 

भुवनः भुवन केसीका चलचित्र आर्टभन्दा कमर्सियल बढी हुन्छन् । मौलिकता उसको प्राथमिकतामा पर्दैन भन्ने आरोप लाग्छ नि !
मलाई कमर्सियल चलचित्र बनाउन मन लाग्छ र म कमसिर्यल चलचित्र मेकर नै हो । तर कमर्सियल मेकर भन्दैमा मैले छाडा, अश्लिल र परिवार सँगै बसेर हेर्न नमिल्ने खालका चलचित्र हुँदैनन् । व्यवसायसँगै राम्रो सन्देश दिने चलचित्र मैले बनाउँदै आएको छु । 

Global Ime bank

अनमोलः पढाइलाई कम प्राथमिकता दिएँ भन्ने लाग्दैन ? 
पक्कै पनि केही न केही असर त पर्छ नै एक्टिङ लाइफमा गइसकेपछि । तर पनि दुवैलाई सँगसँगै लिएर जाने प्रयास गरिरहेको छु । 

अनमोलः तपाईंले जति पनि चलचित्रमा अभिनय गर्नुभयो सबै कमर्सियल चलचित्रमा काम गर्नु भयो । मौलिक चलचित्रका दशर्कसामु जाने रहर छैन ?
सबैभन्दा पहिलो कुरा एक्टर भइसकेपछि हाम्रो बजार कस्तो छ भन्ने पनि बुझ्नु जरुरी छ । फरक विषय गर्ने भन्दैमा मार्केटले नरुचाउने कुरा गर्नु पनि भएन । कमर्सियल चलचित्र भित्रै बसेर पनि फरक फरक चरित्रमा बसेर काम गर्न मनपर्छ । विषयवस्तु बजारले निर्धारण गर्ने कुरा पनि हो । पक्कै पनि राम्रो आर्ट मुभी मेकरहरुसँग काम गर्न चाहन्छु । अहिलेको लागि त्यस्तो कमर्सियल चलचित्रहरु जसमा मेरो क्यारेक्टरमा विभिधता आवस त्यसमै काम गर्ने इच्छा छ । 

भुवनः फुटबलकै विषयमा चलचित्र बनाउनुको कुनै खास कारण ? 
नयाँ विषय हुन्छ । सजिलै पनि हुन्छ जस्तो लाग्यो सोच्दा तर काम गर्दै जाँदा निकै गाह्रो भयो । त्यति गाह्रो हुन्छ भनेर पहिला नै थाहा पाएको भए म सायद यो चलचित्र नै बनाउँदिन थिएँ होला । हामी त्यस्तो अवस्थामा फुटबलको विषय पनि उठान गरेर चलचित्र बनाइरहेका छौँ जवकी देशमा अन्तरर्राष्ट्रिय स्तरको एउटा स्टेडियम पनि छैन । फाइनल गेम अन्तरर्राष्ट्रिय स्तरको एउटा स्टेडियममा देखाउनु पर्छ । सुरुका गेममा जसलाई खेलाए पनि फाइनल खेलमा त्यही नेशनल प्लेयर चाहियो । सुटिङको समयमा नेसनल प्लेयर चाहियो जसलाई जुटाउन कम चुनौती छ ? त्यसमा पनि उनीहरुले खेल्न पो जानेका छन् तर हामीलाई खेल र अभिनय दुवै चाहिएको थियो । यस्ता प्राविधिक कठिनाइका बाबजुद हामीले सोचेजस्तो चलचित्र बनाएका छौं । यो चलचित्र सफल भयो भने यसले नेपाली चलचित्र उद्योगलाई छुट्टै उचाईमा लैजानेछ । यस्ता खालका विषयमा चलचित्र बनाउन मेकरहरुलाई प्रेरणा हुनेछ । तर यो चलचित्र सफल भएन भने अहिले बजारमा जे चलिरहेको त्यही पुरानै ढर्रामा जानुपर्ने हुन सक्छ । 

अनमोलः तपाईंलाई पर्दा पछाडि बसेर राष्ट्रिय खेलाडी तथा क्याप्टेन हरि खड्काले कोच गर्नु भएको छ, उहाँलाई पहिला चिन्नु भएको थियो ?
फुटबलको फ्यान भएकाले उहाँलाई सुनेको थिएँ । तर व्यक्तिगत रुपमा उहाँलाई चिन्ने र भेट्ने मौका पाएको थिइन । ‘क्याप्टेन’ले त्यो अवसर जुराइदियो । उहाँले फुटबल खेलको टेक्निक टुलदेखि फुटबल अनुशासन सिकाउनु भयो । उहाँ नहुनु भएको भए यो चलचित्र नै सम्भव थिएन । 

अनमोलः आफैँले चलपचित्र ‘क्याप्टेन’का बारेमा बोल्नुपर्यो भने के भन्नुहुन्छ ?
मलाई जानकारीमा आएसम्म नेपालमा फुटबलको विषय उठान गर्ने यो पहिलो चलचित्र हो । चलचित्रमा फुटबलसँगै सिनेम्याटिक कुराहरु पक्कै पनि समेटिएको छ । र अर्को कुरा ‘क्याप्टेन’को क्यारेक्टरमा जसरी म देखिने छु त्यो नै दर्शकका लागि बिलकुल फरक लाग्ने छ । 

अनमोलः अनमोल केसीका चलचित्रले बक्स अफिसमा राम्रो उपस्थिति देखाए पनि समीक्षा भने राम्रो पाउँदैनन् । यसलाई कसरी लिइरहनु भएको छ ?
पक्कै पनि राम्रो भन्ने मान्छेहरु पनि हुनुहुन्छ र नराम्रो भन्ने मान्छेहरु पनि हुनुहुन्छ । १२ वटा राशी भएजस्तै मान्छेको सोचाई पनि १२ वटा हुन्छ । कति आलोचनालाई नजरअन्दाज गर्दै त कतिलाई मनन् गर्दै सकेसम्म राम्रो गर्दै जाने सोचमा हुन्छु । अभिनेताका हिसावले भन्दा चलचित्रमा डेब्यू गर्दा १८ वर्षको थिएँ, अहिले २४ वर्षको भएँ । समयसँगै पनि परिपक्व हुँदै जाँदैछु र अभिनयमा पनि आफूलाई अब्बल बनाउने प्रयास गरिरहेको छु । अहिले जतिलाई म मन पर्दिन, पर्दामा आउँदाका दिनमा उहाँहरुलाई पनि मनपर्ने अभिनय गर्दै जानेछु भन्न चाहन्छु । 

भुवनः फुटबलको विषय उठान गर्नुको कुनै खास कारण छ ?
कमर्सियलसँगै चलचित्रले राम्रो सन्देश पनि दिन सक्नुपर्छ भन्ने मेरो सधैँ सोच हुन्छ । ‘सपना’जसमा मैले लगानी गरेँ । त्यहाँ देखि नै केही नयाँ गरौं भन्ने मेरो सोच रह्यो । ‘म त नेपाली बाबु मेड इन नेपाल’ होस् भन्ने मेरै चलचित्रको गीत हो । कंगोमा नेपाली सेनाले गरेको गौरवपूर्ण काम मैरै चलचित्रमा देखाएको छु । अहिले ‘क्याप्टेन’मा आइपुग्दा तीन करोड नेपालीले आफ्नो राष्ट्रियतासँग जोडेर हेर्ने खेल फुटवललाई चलचित्रमा उठान गरेको छु ।  

तस्बिरः सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC