site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अख्तियार आयुक्त पाठकलाई राजीनामा दिन आज दिनभरको समय, नदिए भोलि महाभियोग
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजको विवाद सल्ट्याउने भन्दै घुस मागेको भनिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाभियोगको तयारी भएको छ ।

पाठकले इन्जिनिरियङ कलेजको विवाद मिलाइदिन्छु भन्दै ७८ लाख रुपैयाँ घुस बुझेको भिडियो बाहिरिएपछि सत्तारूढ दलका सांसदहरूले महाभियोगको तयारी गरेको सांसद योगेश भट्टराईले जानकारी दिए ।

Agni Group

“अख्तियार दुरुपयोग रोक्ने सर्वोच्च संस्थाका आयुक्तबारेमै गम्भीर कुरा बाहिरिएको छ । कित त उहाँले होइन भनेर पुष्टि गर्न सक्नुपर्यो, कि त राजीनामा दिनुपर्यो,” भट्टराईको भनाइ छ ।

राजीनामा दिँदैमा उन्मुक्ति नमिल्ने र प्रमुख आयुक्तले उनीमाथि थप अनुसन्धान गरी हदैसम्मको कारवाही गर्नुपर्ने भट्टराई बताउँछन् । भट्टराईका अनुसार पाठकलाई राजीनामा दिन आज बिहीबार दिनभरको समय दिइएको छ । बिहीबार दिनभर राजीनामा नदिए शुक्रबार महाभियोगको प्रस्ताव दर्ता गर्ने भट्टराईको भनाइ छ ।

Global Ime bank

“भ्रष्टाचार निवारण गर्ने संस्था आफैँ बदनामित हुन दिनुभएन, उहाँले राजीनामा नदिने हो भने संसद चुप लागेर बस्न सक्दैन, महाभियोगको प्रक्रियामा अघि बढ्छ,” भट्टराई भन्छन् ।
नेकपा सम्वद्ध सांसदका अनुसार पाठकविरुद्ध महाभियोग दर्ता गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको ध्यानाकर्षण भएको छ । उनैले पाठकविरुद्ध महाभियोगको तयारी गर्न निर्देशन दिएको नेकपाका सांसदहरू बताउँछन् ।

पाठकविरुद्ध महाभियोगको विषयमा कांग्रेस, राजपा र संघीय समाजवादी फोरमसँग पनि कुरा हुने र समान धारणा बनाएर अघि बढ्ने भट्ट्राईले जानकारी दिए । लोकमानसिंह कार्की अख्तियार प्रमुख हुँदा पाठक ‘दाहिने हात’ भएर काम गरेको बताउँदै उनीमाथि गम्भीर अनुसन्धान गर्नुपर्ने सत्तारूढ दलका सांसदहरू बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १५:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC