काठमाडौं । अभिनेत्री रेखा थापाले विदेशमा श्रम गर्ने नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिइने भन्सारमा विशेष छुट दिन आग्रह गरेकी छन् । अभिनेत्री थापाले श्रम गर्न जाने नेपाली नागरिकले दैनिक उपभोगका लागि लैजाने तथा ल्याउने सामग्रीमा चर्को शुल्क नलगाउन सरकारसँग आग्रह गरेकी छन् ।
“संसारभर रहेका सम्पूर्ण नेपाली श्रमिक दाजुभाइले नेपाल फर्किदा त्रिभुवन बिमानस्थलमा झोला र सामान जफत भएको विषयमा गत साता देखी आवाज उठिरहेको छ । श्रमिक माथि हुने असम्मान व्यबहार र उनीहरुका घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न वाध्य पार्ने नियम सच्याउन माग गरेकी छु” उनले भनिन् ।
थापाले बुधबार श्रम मन्त्री गोकर्ण बिष्टलाई भेटेर श्रमिकहरुको गुनासोभन्दै ज्ञापनपत्र बुझाएकी छन् । उनले विमानस्थलको भन्सार श्रमिक मैत्री बनाउन पनि आग्रह गरेकी छन् ।