site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२४ हजारमै काठमाडौं–कोलकाता दोहोरो उडान, बुद्धले ल्यायो पर्यटकीय र धार्मिक प्याकेज
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोश्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमार्फत् कम्पनीले पश्चिम बंगालको राजधानी कोलकाता उडानका लागि आफ्नो अधिकारिक कार्यालय पनि खोलिसकेको जनाएको छ ।
कम्पनीले २०७६ बैशाख २ बाट कोलकाता उडान भर्ने जनाएको छ । कोलकाता–काठमाडौं सिधा हवाई सेवा सञ्चालन गर्ने बुद्ध एयर एकमात्र नेपाली विमान सेवा कम्पनी हुनेछ ।
कम्पनीले सुरुमा हप्ताको तीनदिन (सोमबार, बुधबार र शुक्रबार) उडान सञ्चालन गर्नेछ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ बाट हुनेछ ।
यात्रुको समय र पैसाको बचत होस् हेतुले बुद्धले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरु भ्रमणको लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानको भ्रमणको लागि इनबाउन्ड होलिडे प्याकेज पनि सञ्चालन गरेको छ । कोलकाता उडानसँगै जग्गन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायतका भ्रमण प्याकेज सञ्चालनमा आउने छन् । यी प्याकेज बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले गर्ने कम्पनीले जनाएको छ ।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भएपनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुद्ध एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने विश्वास लिएको छ ।
बुद्धले  एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान भरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुद्ध एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान भरिरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC