काठमाडौं । अभिनास यादवको अलराउण्ड प्रदर्शनप्रेरित विराटनगर किङ्सले धनगढी प्रिमियर लिग क्रिकेटमा घरेलु टोली धनगढी स्टारर्समाथि २१ रनको जित निकालेको छ । विराटनगरले पहिलो जित दर्ता गर्दा धनगढी लगातार तेस्रो खेलमा पराजित भएको छ । विराटनगरको जितमा अभिनास यादवले सर्वाधिक २७ रन बनाए । यस्तै बलिङतर्फ ४ विकेट लिए ।
२१ रन र ४ विकेट लिएका विराटनगरका कप्तान करण केसी म्यान अफ द म्याच भए । विराटनगरका आसीफ शेखले १२ रन तथा शम्साद शेखले ११ रन बनाएका थिए । १ सय ४ रनको लक्ष्य पछ्याएको धनगढी १९ ओभरमा ८४ रनमा अलआउट भएको थियो । फाप्ला क्रिकेट मैदानमा धनगढीका लागि सन्दीप रजालीले ३४ तथा राजु रिजालले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् । धनगढीलाई सस्तैमा समेट्न करण र अभिनासले समान ४–४ विकेट लिँदा सुसन भारीको नाममा दुइ विकेट रह्यो ।