site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘बुलबुल’ टेम्पो चालकको कथामा बनेको चलचित्र होइन 
Sarbottam CementSarbottam Cement

यही फागुन ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलबुल’मा मुख्य दुई पात्र छन्,मुकुन भुषाल र स्वस्तिमा खड्का । स्वस्तिमा दर्शकका लागि पुरानै अनुहार भए पनि मुकुन भने नयाँ फेस हो । जो ट्रेलर र टिजरमा स्वस्तिमासँग संवाद गरिरहेको देखिन्छन् । फिल्म पढेका मुकुनले फिचर फिल्म नगरे पनि करिव सयभन्दा धेरै सट मुभीमा अभिनय गरिसकेका छन् । केही सट मुभी निर्देशनको पनि अनुभव संगालेका मुकुनसँग बाह्रखरीका लागि नरेश फुयाँलले गरेको छोटो  कुराकानीः  

डेब्यू मुभी ‘बुलबुल’ रिलिजको तयारीमा छ, तपाईं उक्त चलचित्रको मुख्य पात्र मध्येको एक, पहिलो चलचित्र रिलिजको पूर्वसन्ध्यामा कस्तो हुँदोरहेछ ?
हाम्रो चलचित्रको होल युनिट नै जिम्मेवार छ । निर्देशक विनोद पौडेल मैले अभिनय पढेको स्कुलकै प्रिन्सिपल हुनुहुन्छ । त्यसैले पनि मैले त्यती धेरै प्रेसर चाँहि फिल गरेको छैन । तर हिजो मैलै सयभन्दा धेरै सट मुभी गरेपनि त्यसका दर्शक सीमित थिए । अहिले आम दर्शकमाझ जाँदा जसरी टिजर र ट्रेलरमा उहाँहरुले आफूलाई कनेक्ट गर्नु भएको छ । त्यसरी नै पूरै चलचित्रलाई मैले ड्राइभ गर्न सकेँ कि सकिनँ त्यो हेर्न बाँकी छ । त्यसैले म आफैँ पनि चलचित्र हेर्न उत्साही छु । 

ट्रेलरले पाएको रेस्पोन्सका आधारमा चलचित्रको मूल्यांकन गर्नु भएको छ ? 
चलचित्रले ब्यापार कस्तो गर्छ भन्ने कुरा दर्शकको हातमा छ । आफूले गरेको काम कस्तो छ भन्ने मुख्य कुरा हो । १० वर्ष अभिनयमा मैले गरेको अनुभवले मलाई पक्कै पनि केही सिकेको छु । फिल्मकै विद्यार्थी भएकाले पक्कै पनि सिनेमालाई चाहिने सिनेम्याटिक एक्टिङ चाँहि गरेको छु भन्ने लाग्छ । विजनेशका हिसावले कुरा गर्दा चर्चा छ । जोडो सकिएको छ । जाडोमा कहीँ पनि सिनेमाले विजनेश गर्दैनन् । राम्रो होला भन्ने अपेक्षा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दशौं वर्ष काम गरिसकेका र सिनेमा पढेका व्यक्तिले अभिनय गरेका र अपेक्षा गरिएका चलचित्र दर्शकले मन नपराएका पनि धेरै उदाहरण छन् । ‘बुलबुल’को हकमा तपाईं नयाँ हुनुहुन्छ । दर्शकले ‘बुलबुल’लाई विश्वास गर्ने आधार के छ ? 
पढाईसँग जाँदै जान्न म । कोर्षको, सैद्धान्तिक ज्ञानको कुरा गर्नु र सेटमा गएर अभिनय गर्नु फरक कुरा हो । मैले चलचित्रमा के गरेको छु त्यसको मात्रै कुरा गरौं । चलचित्र चल्नुपर्ने कारण चलचित्रको ट्युन सबैले देखिसक्नु भएको छ टिजर र ट्रेलरमा । दर्शकले आफूलाई कनेक्ट गर्नसक्नुहुन्छ चलचित्रमा । विषय नयाँ छ । मौलिक चलचित्र हेर्न खोज्ने दर्शकका लागि यो चलचित्रले राम्रो छाप नै दिनेछ । माउथ पब्लिसिटी राम्रो हुुनेछ । 

लगातार नेपाली चलचित्र फल्प भइरहेका छन् । यही सेरोफेरोमा ‘बुलबुल’ हल छिर्दैछ । अघिल्ला चलचित्रको असर यसले बेहोर्नु पर्ने पो हो की ?
यो भारी प्रश्नको जवाफ दिन म सक्दिन होला । फिचर फिल्मका लागि म नयाँ हुँ । अघिल्लो चलचित्र राम्रो भयो भने दशर्क हलसम्म पुग्नुहुन्छ । तर लगातार चलचित्र राम्रो भएनन् भने त्यसको छाप दर्शकमा परेको हुन्छ र आउने चलचित्र पनि त्यस्तै त होला भन्ने हुन्छ । यद्यपि हामीले करिब ४ महिनादेखि केही न केही नयाँ सामग्रीमार्फत हामीले हाम्रा दर्शकलाई बाँधिरहेका छौं । टिजर, ट्रेलर या अन्य कुनै समाचारमार्फत होस् हाम्रा लक्षित दर्शकलाई आफूसँगै बाँधेर राख्ने प्रयास गरेका छौं । उहाँहरु हलसम्म आउने हाम्रो विश्वास छ । 

Global Ime bank

टिजर, ट्रेलर र अन्य कन्टेन्ट प्रत्यक हप्ता सार्वजनिक गर्नुभयो । ‘फ्ल्यास मुभ’ शैलीमा गीत रिलिज गर्नु भयो । कुनै कारण छ ?
मार्केटिङले लगाएको ‘आइडिया’ हो । बाहिर फल्यास मुभ शैलीमै गीत रिलिज गरिन्छ । प्रत्यक्ष दर्शकसँगै जोडिनका लागि यो विधी अपनाइएको हो । यो रणनीति सफल पनि देखियो । 

चलचित्रको टिजर र ट्रेलर हेर्दा केही त्यस्ता संवाद छन्, जसले सपरिवार चलचित्र हेर्न सकिँदैन कि भन्ने आशंका जन्मिएको छ नी !
कस्तो परिवारबाट चलचित्र हेर्न जाने भन्ने कुराले पनि अर्थ राख्छ । कुनै परिवारले यो कुरालाई सामान्य लिन्छ । तर कतिले यसलाई पचाउँदैन पनि होला । रेल गुडेदेखि सुरु हुने आजसम्मको सिनेमाको यात्रामा आइपुग्दा सुरुदेखि अहिलेसम्म चलचित्र भनेको समाजको प्रतिविम्ब हो भन्दैछौं । हामी त्यही समाजलाई चलचित्रमा उतार्दैछौं भने स्वाभाविक रुपमा समाजमा जे छ, त्यो कुरा आइहाल्छ ।  

मुकुनलाई ‘चोपेन्द्र’मा ढाल्न कत्तिको गाह्रो भयो ? 
चलचित्र हेरेपछि दर्शकले आफैं बुझ्न सक्नुहुन्छ । अहिले मैले भनेँ भने आफैँले आफ्नो तारिफ गरेजस्तो हुन्छ । मेरो हुलिया कस्तो थियो र कस्तो भयोभन्ने बाह्य कुरामा म जान्न । मैले चोपेन्द्रको साइकोलोजी बुझेँ कि बुझिन । उसको मेन्टल स्टाटस कस्तो छ ? विषयबस्तु र मुभमेन्टहरुमा चोपेन्द्रले कसरी रियाक्ट गर्छ ? त्यसले चलचित्रको क्वालिटी निर्धारण गर्छ । भित्री कुरासँग खेल्नका लागि मेहनत गरेको छु । 

फिचर फिल्म र सट मुभी गर्दा केही फरक अनुभव त अवब्य पनि रह्यो  होला ।
पक्कै पनि फरक हुन्छ । सट मुभीपनि धेरै खालका भएकाले समाजमा त्यसको नकारात्मक प्रभाव पनि परेको छ । 'लो' बजेटमा हामी विद्यार्थीहरुले बनाउने चलचित्र फिल्म फेष्टिबलमा भाग लिनका लागि गर्छौं । ती चलचित्र गर्दा सानो परिधीभित्र रहेर काम गर्नुपर्ने हुन्छ । आफैं क्यामेरा अन गरेर आएर एक्ट गरेर फेरि आफैं गएर क्यामेरा अफ गर्नुपर्ने अवस्था थियो । 

तर, फिचर फिल्ममा आएपछि मास अडियन्समा जान पाइयो । सबभन्दा मेरा लागि ठूलो कुरा त्यही हो । मार्केट पनि चिन्न पाइन्छ । यसको बजेट र यसले गर्ने विजनेशले पनि अर्थ राख्छ । ठूलो सेट र सयौं क्रू बीच कामगर्दा मैले कक्षामा सिक्न नपाएका कुराहरु सिक्न पाएँ । 

टेम्पो चालिकाको कथामा भर्खरै मात्रै चलचित्र बनिसकेको छ, जसलाई दर्शकले पत्पाएनन् । त्यही कथाको सेरोफेरोमा रहेर ‘बुलबुल’ आउँदैछ । दर्शकले तपाईंहरुलाई कसरी विश्वास गर्न सक्लान् ?
हाम्रो चलचित्र ‘बुलबुल’ टेम्पो चालकको कथामा बनेको चलचित्र हुँदै होइन भन्ने कुरा म सुरुमै स्पष्ट पार्छु । हाम्रो क्यारेक्टर ‘रनकला’को प्रोफेसन ड्राइभिङ हो । हामीले उसको प्रोफेसनल लाइफभन्दा पर्सनल कुरामा केन्द्रित भएका छौं । प्रोफेसनल र पर्सनल लाइफलाई सँगै लैजाँदा समाजका सीमाहरुबीच पनि मान्छेको मन न हो कहिलेकाहिँ नाघ्न पनि मन लाग्छ । समाजको बन्दन पनि यथावत छ । यसकै सेरोफेरामा छ चलचित्र । 

तपाईं फिल्मको विद्यार्थी, राम्रो चलचित्रको परिभाषाभित्र कस्तो चलचित्र पर्छ ?
चलचित्रले व्यापार राम्रो गरोस् नगरोस् त्यो आफ्नै ठाउँमा छ । तर हेर्ने दर्शकले सिनेमाका पात्रसँग आफूलाई कनेक्ट गर्न सक्नुपर्छ । चलचित्र फगत चलचित्र मात्रै होइन यो त डकुमेन्टेसन पनि हो । ‘बुलबुल’ को कुरा गरौं, भोली गएर ट्याम्पो नरहन पनि सक्छन् । त्यस्तो अवस्थामा आउने पुस्ताले आजको ट्याम्पो हेर्न खोज्यो भने त्यसको वर्णन चलचित्रका पात्र र परिवेशले गर्न सक्नुपर्छ । सक्यो भने ‘बुलबुल’ राम्रो सकेन भने नराम्रो । 

नेपाली चलचित्र उद्योगमा बक्स अफिसमा हिट सिनेमा मात्रै राम्रा हुन् भन्ने गरिन्छ । यसमा तपाईंको सहमति छैन ?
म यो कुरालाई मान्दै मान्दिन । बक्सअफिसमा हिट चलचित्रले मेकरलाई उत्साहित बनाउँछ । लगानी गरेपछि कसैको पनि लगानी नडुबोस् । हाम्रो कामना पनि त्यही नै हो । तर त्यससँगै कामको पनि मुल्यांकन हुनुपर्छ । समीक्षकहरुले पनि राम्रो भन्नुपर्छ । आर्टलाई पैसामा मात्रै तुलना गर्न मिल्दैन । 

तर, नेपाली चलचित्र उद्योगको तीतो सत्य हो, राम्रो समीक्षा पाएका चलचित्रले राम्रो व्यापार गर्न सकेका छैनन् नि !
आफूले गरेको काम सबैलाई राम्रो गरेको छु भन्ने नै लाग्छ । ‘बुलबुल’को हकमा हामीले टिजर, ट्रेलरमार्फत बाँधेर राखेका दर्शक पक्कै पनि सिनेमा हलसम्म जाँदै हुनुहुन्छ । उहाँहरुले दिने प्रतिक्रियाले दर्शक तान्छ भन्ने मेरो विश्वास छ । सिनेमामा अब्बल रहेका व्यक्तिहरुको चलचित्र भएकाले पनि समीक्षा र बिजनेश राम्रो हुनेछ भन्नेमा म ढुक्क छु । 

‘बुलबुल’ नाम कसरी राखियो ?
यसका पछाडि धेरै कारणहरु छन् । सायद यसको जवाफ मैलेभन्दा पनि लेखक र निर्देशकले राम्रोसँग दिनसक्नु हुन्छ होला । तर म पनि यही चलचित्रको सदस्यको नाताले केही भन्नसक्छु । ‘बुलबुल’को अर्थ हिन्दी, फारसीमा जाँदा आफ्नै किसिमको छ । ‘बुलबुल’ नामको चरा पनि हुँदोरहेछ । तर चलचित्रमा ‘बुलबुल’ भनेको रनकलाको जिन्दगीको उतारचढाव । खुरी रोदन कसरी पानीको फोका जस्तै छिनमै प्याट् फुट्छ त्यस्तै रनकलाको जिन्दगीमा पनि घटित घटनालाई पानीको फोकासँग तुलना गरिएर नाम राखिएको  छ । पानीको फोकालाई बुलबुल पनि भनिँदोरहेछ । हो त्यही ‘बुलबुल’लाई नै टाइटल नाम दिइएको हो ।

तस्बिरः मुकुन भुषालको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC