site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘लाइसेन्स पाउँदासम्म गाडी चलाउनै बिर्सिसक्ने खतरा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले २ वर्षअघि जारी गरेको स्मार्ट लाइसेन्स वितरणलाई अझै सहज बनाउन सकेको छैन । स्मार्ट लाइसेन्स प्रिन्ट गर्न ‘मास प्रिन्टर’ नहुँदा स्मार्ट लाइसेन्सको मागअनुसार वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले बताउँदै आएको छ । 

तर सरकारले स्मार्ट लाइसेन्सको कच्चा कार्ड विभागसम्म ल्याउने व्यवस्था नमिलाइदिँदा विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने कार्ड अभाव भएको छ । कार्ड अभाव भएपछि विभागले स्मार्ट लाइसेन्सको अनलाइन फारम बुझ्नमै केही ढिलाइ गरिरहेको छ । 

फारम बुझ्नका लागि विभागको वेबसाइटको सर्भरमा समस्या आएको विभागको दाबी छ । सर्भरको समस्या र विभागमा स्मार्ट लाइसेन्सको कार्ड नहुँदा चालकले स्मार्ट लाइसेन्स सहजै पाउन सकेका छैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्मार्ट लाइसेन्स पाउनकै लागि ३ महिनादेखि १ वर्षसम्म पर्खनुपर्ने बाध्यता चालकमा छ । स्मार्ट लाइसेन्स वितरणमा विभागको यस्तो लापरबाहीप्रति सरकार गम्भीर बन्नुपर्ने सुझाव सांसदहरुले दिएका छन् । मङ्गलबार संघीय संसदमा सांसद बिनोद खतिवडाले ट्रायल पास गरेको ६ महिनामा पनि लाइसेन्स पाउन नसक्दा चालकले गाडी चलाउनै बिर्सिसक्ने खतरा रहेको औंल्याए ।

“ट्रायल पास गरेको ६ महिनासम्म चालकले लाइसेन्स नपाउँदा चालकले गाडी चलाउनै बिर्सिसक्ने खतरा छ,” सांसद खतिवडाले भने, “यति लामो समयसम्म चालकले लाइसेन्स नपाउँदा चाँडो लाइसेन्स वितरण गर्ने काममा माफियातन्त्र र घुसखोरी फस्टाएको छ ।”

Global Ime bank

सांसद तेजुलाल चौधरीले अपरिपक्व उमेरका चालकलाई लाइसेन्स वितरण गर्दा सडक दुर्घटना बढिरहेको बताए ।  हाल सरकारले १६ वर्ष उमेरमै मोटरसाइकलको लाइसेन्स वितरण गर्दै आएको छ । सांसद चौधरीले १६ वर्ष उमेरका चालकले मोटरसाइकल चलाई दुर्घटना गरे यस्ता चालकलाई अदालतले मुद्दा चलाउन नसक्दा कारबाही प्रक्रिया जटिल बन्दै गएको धारणा राखे ।

“यसकारण कम्तीमा १८ वष्र्म उमेर पुगेपछि मात्र चालकलाई लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ,” सांसद चौधरीले भने ।  सरकारले मङ्सिर २८ गतेबाट सम्पूर्ण यातायात सेवा प्रदेश सरकारमातहत गइसकेको बताएको छ । 
प्रदेश सरकारलाई यातायात व्यवस्थापन र नियमनको अधिकार गइसक्दा पनि लाइसेन्स वितरण सहज हुन सकेको छैन ।  हाल स्मार्ट लाइसेन्सको दैनिक माग ७ देखि १० हजारसम्म रहेको विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए । 
काठमाडौंस्थित विभागमा रहेका ९ मध्ये ६ वटा प्रिन्टरले हाल दैनिक ३ हजारदेखि ४ हजारसम्म स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ ।

“स्मार्ट लाइसेन्स वितरण पहिले र अहिलेमा पुरै परिवर्तन आएको छ,” भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भने, “पछिल्लो समय ४ लाख २० हजार स्मार्ट लाइसेन्स प्रिन्ट गरेर वितरण गरिसकेका छौं । स्मार्ट लाइसेन्स प्रिन्टलाई थप तीव्रता दिने मन्त्रालयको योजना छ । अब ट्रायल पास गरेर लाइसेन्स पाउन ६ महिनासम्म पर्खिनु पर्दैन ।”

मन्त्री महासेठले यस्तो दाबी गरे पनि विभाग स्रोत स्मार्ट लाइसेन्स प्रिन्टका लागि कार्ड र मास प्रिन्टर नआएसम्म लाइसेन्स वितरण सहज नहुने बताउँछ ।
 
 

 

 

 
   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC