site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जब मध्यरातमा पृथ्वीचोकमा उठे लखन थापा...
Sarbottam CementSarbottam Cement

पोखरा । एकता अघिका माओवादी केन्द्र र एमाले हालको नेकपाले आज देशभर जनयुद्ध दिवस मनाउँदैछ । २०५२ फागुन १ गते द्वन्द्वमा होमिएको तत्कालीन माओवादीदेखि हालको नेकपासम्म आइपुग्दासम्मको दुई दशकयता कम्युनिष्ट राजनीतिमा धेरै पानी बगेको छ ।

कम्युनिष्ट राजनीति भन्दा पनि यहाँ चर्चा गर्न खोजिएको विषय हो, पोखराको पृथ्वीचोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको शालिक विस्थापन र पुनस्र्थापनाको । गतवर्ष दसैँको बेला महानगरले आधारातमा लखन थापाको शालिक हटायो । यातायात व्यवस्थापन गर्न भन्दै महानगरले सहिद थापाको शालिकसहित शालिक परिसरले ओगटेको आईल्याण्ड समेत पुरै हटाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि मगर संघले आन्दोलन नै गर्‍यो, शालिक पुनस्र्थापनाको माग पनि गर्‍यो । जिल्ला प्रशासन, महानगर र मगर संघबीचको त्रिपक्षीय वार्ताबाट १० बुँदे सम्झौता भई मंगलबार साँझ लखन थापा फेरि पृथ्वीचोकमा उठेका छन् ।

त्यहाँ उनको पूर्णकदको शालिक राखिएको छ । सम्झौताअनुसार नै शालिक राखियो । शालिक मगर संघले बनायो र त्यसको आर्थिक भारको जिम्मा महानगरले लियो, जिल्ला प्रशासनले सुरक्षा दियो र शालिक ठडियो ।

Global Ime bank

जनयुद्ध दिवस, फागुन २ गते लखन थापा स्मृति दिवसको अवसर पारेर शालिक पुनस्र्थापित गरिएको हो । लखन थापालाई नेपालकै प्रथम सहिदको रुपमा सरकारले पनि मान्यता दिइसकेको छ । गोरखा काउले भंगाराका थापाले तत्कालीन राणाशासन विरुद्ध आवाज उठाउँदा शहादत प्राप्त गरेका थिए ।

पहिले पृथ्वीचोकमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहकै शालिक थियो । शालिककै कारण पृथ्वीचोकको नामाकरण समेत भयो ।

२०६४ साल वैशाख १८ गते शाही शासनविरुद्ध मुलुकमा आन्दोलन चर्केको बेला पृथ्वीनारायण शाहको शालिकमा घन र ईट्टा वर्षेको थियो । घन र ईट्टाले पृथ्वीनारायण शाहको शालिक ढलाउनेहरु तत्कालीन नेकपा माओवादीको भ्रातृ संगठन वाईसीएल थियो । र, आजको नेकपाले देशैभरि जनयुद्ध दिवस मनाउँदैछ ।

पृथ्वीचोकको मात्र नभई पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै शालिकहरुलाई पार्कमा लगेर सुरक्षित राख्ने अभियान चलाएको थियो । तर अहिले एकाएक शालिकहरु पूरानै ठाउँमा ठड्याईएका छन् । केही समयअघि अमरसिंह चोकमा रहेको अमरसिंह थापाको शालिक पनि पूरानै अवस्थामा ठड्याईएको थियो । तर जिरो किलोमिटरमा रहेको योगेन्द्रमान शेरचनको शालिक चाहीँ त्यहाँबाट विस्थापन गरिएको छ ।
महानगरले अहिलेसम्म पृथ्वीचोक, अमरसिंहचोक, विरौटाचोक, मुस्ताङचोक, हरिचोक लगायतका ठाउँमा आईल्याण्ड घटाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC