site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीएमसी कम्पनी मेलम्ची आयोजना निर्माणमा नफर्किने
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेलम्ची आयोजनामा कार्यरत इटालियन कम्पनी सीएमसी नेपाल फर्किने सम्भावना टरेको छ । एक साताअघि मेलम्ची खानेपानी विकास समिति र सीएमसी प्रतिनिधिबीच सिङगापुरमा मेलम्ची आयोजनाका विषयमा छलफल भएको थियो । छलफलमा सीएमसीले आफ्ना शर्त सुनाउँदै आयोजनामा फर्किन नसक्ने जनाएको थियो ।

सीएमसीले नेपाली निर्माण व्यवसायीलाई करिब डेढ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

“सीएमसीले हामी नेपाली निर्माण व्यवसायीलाई डेढ अर्ब रुपैयाँ भुक्तानी गर्नु छ । उक्त भुक्तानी नभएसम्म आयोजनाको कुनै पनि काम अघि बढाउन दिदैनौं,” आयोजनामा कार्यरत नेपाली निर्माण व्यवसायी सङ्घर्ष समितिका संयोजक श्रीराम न्यौपानेले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

सीएमसीले उक्त भुक्तानी तिर्ने शर्तमा मेलम्ची आयोजनाको काम गर्न नचाहेको समिति स्रोत बताउँछ ।

“अब करिब १ अर्ब रुपैयाँमा आयोजना सम्पन्न गर्न सकिन्छ । आयोजना सम्पन्न गर्ने रकमभन्दा नेपाली निर्माण व्यवसायीलाई तिर्ने रकम बढी भएपछि सीएमसी आयोजनाको काममा फर्किने सम्भावना टरेको हो,” विकास समितिका एक अधिकारीले बाह्रखरीसँग भने ।

Global Ime bank

खानेपानी मन्त्री बिना मगर र सचिव गजेन्द्रकुमार ठाकुरले मंसिर पहिलो साता उक्त समितिको ६० दिनभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने दाबी गरेका थिए । 

“हामीले सीएमसीको गलत नियत बुझ्न सकेनौं । सीएमसीले हामीले बोलेको मितिदेखि सरासर काम गरेको भए ६० दिनमा मेलम्चीको पानी काठमाडौं आइपुग्ने हामीले बताएका हौं,” सचिव ठाकुरले भने ।

सीएमसीले आयोजनामा काम गरेका नेपाली निर्माण व्यवसायीलाई भुक्तानी नगर्दा ती व्यवसायीको कम्पनीमा आर्थिक सङ्कट आएको संयोजक न्यौपाने बताउँछन् ।

आयोजनामा काम गर्दै आएका नेपाली र भारतीय गरी ७२५ जना कामदारको विचल्ली भएको संघर्ष समितिले बताएको छ ।

“तर सीएमसीले वार्ता गर्ने भए सिंगापुर आउनू भन्ने पत्र पठाएको हो । हालैको सिंहापुर वार्तामा आयोजनाले आफूलाई थप डेढ अर्ब नेपाली बैंक तथा व्यवसायीलाई तिर्ने गरी भुक्तानी दिनुपर्ने र आयोजनाको अवधि १० महिना थप्नुपर्नेलगायत शर्त राखेको छ,” समितिका ती अधिकारीले भने । आयोजनाले सीएमसीसँग ठेक्का तोडेको निर्णय गरिसकेको छ ।

तर सीएमसीको शर्त मान्ने या नमान्ने भन्ने विषयमा समितिले निर्णय गर्न नसक्दा आयोजनामा अब सीएमसी वा अन्य स्वदेशी या विदेशी निर्माण कम्पनी छनोट गर्ने भन्ने यकिन छैन ।

आयोजना निर्माणका विषयमा तालुक निकायले पनि केही निर्णय गर्न नसक्दा मेलम्चीको पानी काठमाडौं आउने मिति थप अन्योलमा परेको छ ।

यसअघि समितिले आयोजना निर्माणको कामलाई विभिन्न ‘प्याकेज’ बनाएर नेपाली निर्माण कम्पनीलाई ठेक्का लगाउन सकिने बताएको थियो ।

सीएमसी नफर्किने निश्चित भएको अहिलेको अवस्थामा निर्माण कम्पनी छनोटबारे खानेपानी मन्त्रालय र मन्त्रिपरिषद् बैठकले केही निर्णय गर्न सकेको छैन ।

आयोजनामा काम गरी तीन महिनादेखि पारिश्रमिक नपाएका ७२५ कामदारको पारिश्रमिक र नेपाली ठेकेदारको रकम भुक्तानीबारे पनि सरकारले केही निर्णय गर्न सकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC