site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालमा भारु नोट प्रचलनबारे भारतको ‘नयाँ सूचना’ आउँदै
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतले नेपालमा २ हजार, ५ सय र २ सय दरका नोट चल्न नदिने निर्णय गरेकोमा त्यसलाई खुकुलो बनाउने तयारी गरिरहेको बुधबारको ‘द प्रिन्ट’ अनलाइनले जनाएको छ । यसबाट साना व्यापारी, पर्यटक र भारतमा काम गरिरहेका नेपाली नागरिक लाभान्वित हुन सक्ने बताइएको छ । 

भारतीय रिजर्भ बैंक (आरबीआइ) ले उच्च दरका नोटहरु सुचारु गर्ने बारेमा सूचना जारी गर्ने तयारी गरिरहेको बताइएको छ । नेपालका तर्फबाट त्यसखालको सूचना जारी गर्न पहिला नै भनिएको तर नगरिएकाले नेपाल सरकारले पनि ती नोटहरु डिसेम्बर २०१८ देखि बन्द गरेको जनाइएको छ । यो सम्बन्धी सूचना चाँडै सार्वजनिक हुने सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै जनाइएको छ । 

Agni Group

‘‘यो मामिलामा विचार भइरहेको छ । यसबारेमा चाँडै सूचना जारी गरिनेछ  र त्यसपछि उच्च दरका नोटहरुलाई कानुनी रुपमा ल्याइनेछ,’’ आर्थिक मामिला सम्बन्धी सचिव सुवास गर्गले बताए ।

‘‘यो विषयमा अनावश्यक रुपमा धेरै भ्रम भयो । शुरुमा ५ सय र १ हजार दरका नोट चलाउनका लागि आधिकारिक रुपमा अनुमति दिइयो । ती नोट डिमोनेटाइज्ड (बिमुद्रिकरण) गरियो । र, अहिले नयाँ सूचना जारी गर्नुपर्ने भएको छ । नयाँ नोट प्रचलन सम्बन्धी सूचना आउने छ,’’ उनले भनेका छन् । 

Global Ime bank

पहिला भारतीय मुद्रा नेपालमा व्यापक रुपमा सञ्चालनमा रहेको र एक अनुमानअनुसार नेपालमा रहेको मुद्रामध्ये २५ प्रतिशत भारतीय नोट नै भएको समेत समाचारमा उल्लेख गरिएको छ । नेपालमा  भारतीय पर्यटक सबैभन्दा बढी जाने गरेका छन् । भारतीय नोट नै नेपालमा प्रचलनमा रहँदा भारतीय पर्यटकहरुलाई सजिलो भएको उनीहरुको तर्क रहेको छ । अहिले नेपालमा १ सयसम्मका भारतीय नोटमात्रै प्रचलनमा रहेका छन् ।

नेपालमा कम दरका भारतीय नोट मात्रै प्रचलनमा रहँदा पर्यटकलाई अप्ठेरो परेको आरबीआइका अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।  भारतमा काम गर्ने नेपालीलाई आफूले कमाएको रकम नेपाल लग्न समेत समस्या भएको बताइँदै आएको छ । 

आरबीआइले भारतमा विमुद्रिकरण गर्नुअघि नेपालमा रहेका नोट सटही नगरेकोमा नेपालमा भारत विरोधी भावना बढेको समेत समाचारमा उल्लेख छ ।   भारतीय सरकारी अधिकारीहरुले ५ सय र १ हजार दरका नेपालमा रहेका करिब १० करोड भारु भने कुनैपनि हालतमा सटही नगर्ने जनाएका छन् । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेको भारु सटही नगरिदिँदा नेपाली जनताको चित्त दुखेको र त्यो विषय आफूले भारतीय नेताहरुसँगकुरा गर्ने यसअघि बताएको कुराकोपनि  समाचारमा चर्चा गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  ०८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC