site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतलाई उसैको मैदानमा हराउने सपना पूरा भयो : खड्का 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरी खडकाले भारतलाई उसैको मैदानमा पराजित गर्ने सपना पूरा भएको बताएका छन् । उनले अबको लक्ष्य महिला साफ च्याम्पियनसिपको उपाधि भएको बताएका छन् । 

राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका प्रशिक्षक खड्काले भारतलाई खेलाडी हुदाँदेखि पराजित गर्ने सपना पूरा नभए पनि प्रशिक्षकका रुपमा पूरा भएको बताएका छन् । “एउटा सपना थियो । खेल्दादेखिनै भारतलाई भारतकै भूमिमा हराउने । खेल्दा त पूरा गर्न सकिनँ,” राष्ट्रिय महिला टोलीको प्रशिक्षक खड्काले फेसबुकमा लेखेका छन्, “प्रशिक्षकको जिम्मेवारी पाएपछि पनि त्यो सपनालाइ साथै डो¥याएर हिँडे । आज त्यो सपनालाई हाम्रा साहसी चेलिहरुले पूरा गरिदिए ।”

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार भारतको उडिसास्थित कलिंगा रंगशालामा भएको हिरो वुमेन्स गोल्डकपमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो । नेपालको जितमा दुबै गोल सावित्राले गरेका थिए । नेपालको सिनियर महिला टोलीले भारतलाई अहिलेसम्म पराजित गर्न सकेको थिएन । 

नेपालले अब समूह लिग चरणको अन्तिम खेलमा इरानविरुद्ध बुधबार खेल्नेछ । इरानले यसअघिका दुबै खेलमा पराजित भएको छ । लिगमा नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानमा म्यानमार छ । लिग चरणको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ । 

Global Ime bank

प्रशिक्षक खड्काले खेलाडीप्रति आभार प्रकट गर्दै प्रशिक्षकको जिम्मेवारी दिएको एन्फालाई धन्यबाद दिएका छन् । उनले फागुन २८ गतेबाट नेपालको विराटगनरमा हुने हुने महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने अबको गन्तब्य भएको बताएका छन् । 

“चेलीहरुलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु,” प्रशिक्षक खड्काले थपे, “अब हाम्रो गन्तव्य भनेको साफ च्याम्पियनसिप हो । यसको लागि सबैलाई मनोबल उच्च राखी तयार हुन पनि आग्रह गर्दछु । मेरो सहकर्मी मित्रहरुलाइ धन्यवाद ।”
साफमा नेपाल समूह ‘ए’ मा छ । समूहमा ‘ए’ नेपालसहित बंगलादेश, भुटान र पाकिस्तान छ । समूह ‘बी’ मा सविक विजेता भारत, माल्दिभ्स र श्रीलंका छन् । समूह चरणको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । महिला साफ च्याम्पियनसिपमा नेपाल पहिलो तीन संस्करणमा उपविजेता भएको थियो भने गत संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको थियो । यसअघिको चारै संस्करणमा भारत विजेता भएको थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC