site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब प्रत्येक प्रहरी चौकीमा एक मोटरसाइकल, पाँचवटा \'वाटर क्यानन\' खरिद
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ‘एक प्रहरी चौकी एक मोटरसाइकल’को अवधारणा अघि सारेको छ । साधन स्रोतको अभावमा प्रहरी गतिविधि गर्न असहज भएपछि प्रहरी प्रधान कार्यालयले एक प्रहरी चौकी एक मोटरसाइकलको अवधारणा अघि सारेको हो । 

विगतको तुलनामा सडक सञ्जाल विस्तार भएको र अधिकांश स्थानमा मोटरसाइकल गुड्नसक्ने अवस्था भएकाले आवश्यक तयारी भइरहेको प्रहरी प्रवक्ता एसएसपी उत्तमकुमार सुवेदीले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार एक प्रहरी चौकी एक मोटरसाइकलको अवधारणा अनुसार ३४० वटा मोटरसाइकलका लागि विनियोजन भएको बजेट अनुसार खरिद कार्यको बोलपत्र मूल्यांकनको चरणमा रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एसएपी सुवेदीले भने, ‘‘कम्तीमा एक मोटरसाइकल अनिवार्य भन्ने हो । बढी पनि हुनसक्छन् । अपराधीहरुले पनि अपराधको तरिका परिवर्तन गरेको, कतिपय अवस्थामा तत्काल प्रहरी पुग्नुपर्ने अवस्थाका लागि मोटरसाइकलको अवधारणा अघि सारेका हौं ।’’ पछिल्लो एक वर्षमा १८ वटा चार पाङ्ग्रे सवारीसाधन र १००० वटा मोटरसाइकल खरिद गरी प्रहरी कार्यालयहरुमा वितरण गरेको एसएसपी सुवेदीले बताए ।

प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कारबाही मानव अधिकार मैत्री बनाउन पाँच वटा ‘वाटर क्यानन’ खरिद गरिएको छ भने थप दुईवटा किन्ने प्रक्रिया सुरु भएको छ । यस्तै ३० थान सवारी कारकेड मोटरसाइकल खरिदको बोलपत्र मूल्यांकन सम्पन्न गरी खरिद सम्झौता गर्ने तयारी भइरहेको एसएसपी सुवेदीले बताए । 

Global Ime bank

बेरुजु फर्छ्योटमा प्रहरी अगाडि 
अन्य सरकारी कार्यालयको तुलनामा प्रहरी प्रधान कार्यालय बेरुजु फर्छ्योटमा अगाडि रहेको प्रहरी प्रधान कार्यालयको दाबी छ । गत आर्थिक वर्षमा नेपाल प्रहरीको नाममा कायम रहेको कुल बेरुजु ६८ करोड ४१ लाख ७० हजारमध्ये ५८ करोड २५ लाख १८ हजार ४०५ (८५.१४५) फर्छ्र्योट गरिएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बेरुजु फर्छ्योटलगायतका कार्यले प्रहरी पारदर्शी बन्दै गएको दाबी आईजीपी सर्वेन्द्र खनालले गर्दै आएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा ६० प्रतिशत बेरुजु फर्छ्र्योट गर्ने लक्ष्य लिइएको र हालसम्म ५०.६१ प्रतिशत फर्छ्र्योट भएको छ । 

प्रहरी प्रधान कार्यालयको विगतका आर्थिक वर्षहरूका बेरुजु रकम ६ करोड ९१ लाख १६ हजार १५५ रुपैयाँ महालेखा परीक्षकको कार्यालयमा सम्परीक्षणको लागि पेश गरिएको बताएको छ । १२ वटा हेभी, ९६ वटा लाइट र १६७ वटा मोटरसाइकल लिलाम गरी ४३ वटा गाडी खरिदका लागि १५ करोड ३० लाख बराबरको स्रोत निश्चित गरेर बोलपत्र आव्हान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षमा नयाँ दरबन्दीसहितको प्रहरी कार्यालयका लागि ६३ करोड ४७ लाख थप बजेट निकासा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC