site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आर्सनलका राम्से युभेन्टसमा अनुबन्धित
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

एजेन्सी । आर्सनलका मिडफिल्डर एरोन राम्से इटालियन क्लब युभेन्टस जाने भएका छन् । राम्से आगामी सरुवा बजारमा युभेन्टस जाने भएपछि उनले हप्ताको ४ लाख पाउन्ड पाउने गरी क्लबसँग अग्रिम सम्झौता गरेका हुन् । 
२८ वर्षे राम्सेले ११ वर्षको आर्सनल बसाई टुंगाउँदै इटालियन महारथी युभेन्टससँग ४ वर्षका लागि सम्झौता गरेका हुन् । राम्सेले युभेन्टसमा दुई चरणका मेडिकल पास गरिसकेका छन् । उनी तलबका आधारमा सबैभन्दा धेरै कमाउने ब्रिटिस खेलाडी बन्नेछन् ।
वेल्सका राम्सेको आर्सनलसँगको सम्झौता जुन ३० मा सकिँदैछ । त्यसैले उनी युभेन्टस जाँदा इङ्लिस क्लब आर्सनलले कुने रकम पाउनेछैन । राम्सेले इन्स्टाग्राम पेजमा आर्सनलका समर्थकलाई धन्यवाद दिएका छन् । उनले अझै पनि क्लबका लागि सतप्रतिशत दिने बताएका छन् ।
“क्लबले मलाई युवा अवस्थामै अवसर दियो । क्लब बसाईमा मैले सबै उतारचढाव भोगे । ११ वर्षको बसाईपछि क्बल छाड्ने निर्णय गर्दा मेरो मुटु गह्रौंं भएको छ । सबैलाई धन्यवाद,” राम्सेले भनेका छन् ।
राम्सेले २००८ मा कार्डिफ सिटीबाट ४ करोड ८० लाख पाउन्डमा आर्सनलसँग अनुबन्ध भएका हुन् । उनी बार्सिलोना र पेरिस सेन्ट जर्मन (पिएसजी) जाने चर्चा पनि थियो । जर्मन क्लब बायर्न म्युनिख, इन्टर मिलान र रियाल मड्रिडले पनि राम्सेमाथि चासो देखाएको थियो ।
आर्सनलले गत सेप्टेम्बरमा राम्सेसँग नयाँ सम्झौताका लागि प्रस्ताव गरे पनि तलबमा कुरा नमिलेपछि राम्से इटली जाने भएका हुन् । उनले आर्सनलबाट २५९ खेलमा ६१ गोल गरिसकेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC