site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कमिसन ४० प्रतिशतसम्म घटाएपछि प्राविधिक समस्याका कारण आइतबार बन्द सेयर बजार सोमबार आकासिएर नयाँ रेकर्ड बनाएको छ । 
दैनिक नयाँ रेकर्ड बनाउने क्रममा सोमबार नेप्से परिसूचक ३९.६६ अंकले बढेको छ । परिसूचक बढेर १ हजार ८३८ अंक नाघेको छ । सोमबार मात्र १० हजार १२४ कारोबार भएर एकै दिन २ अर्ब २४ करोड रुपैयाँ बराबरको किनबेच भएको छ । यो हालसम्मकै ठूलो कारोबार हो । सोमबार सबैभन्दा बढी विमा कम्पनीको सेयर बढेको छ । विमा समूहको सेयर ८३.९२ अंकले बढेको छ । यस्तै विकास बैंकको ८१.४५ होटल समूहको ४३  र बैकिङ समूहको ४३.९ प्रतिशतले बढेको छ । जलविद्युत् समूहको परिसूचक १२ अंकले घटेको छ । समग्रमा सेयर बजार २.२ प्रतिशतले बढेको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेर सरकार ढलेपछि देशमा राजनीतिक अस्थिरता कायम रहेका बेला लगानीकर्ताले बढी जोखिम लिएर भए पनि लगानी बढाएको पाइएको छ । 
ब्रोकर कमिसन घटेपछि लागत सस्तो हुन गई यसको असर बजारमा परेको सेयर विश्लेषक रविन्द्र भट्टराई बताउछन् । “यो सेयर बजारको उर्वर समय हो,” उनले भने, “यही अनुपातमा बजार बढ्दै गए तत्कालै परिसूचक २ हजार अंकले नाघ्ने सम्भावना बढेको छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १०, २०७३  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC