site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालको राजनीतिमा सबै सफल क्रान्ति र आन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस नेतृत्वकै कमजोरीका कारण क्षयोन्मुख भएको छ । प्रतिदिन कांग्रेस झन् झन् ओरालो लागिरहेको देखिएको छ । नेतृत्व अक्षममात्र भए पनि संगठन ओरालो लाग्छ । त्यसमाथि, नेतृत्व नै निहित व्यक्तिगत स्वार्थमा धोका दिन तम्सेपछि संगठनलाई जोगाउनै मुस्किल हुन्छ । अहिले नेपाली कांग्रेस सायद यस्तै विशृंखल अवस्थामा पुगेको छ । नत्र, महासमितिले विधान संशोधनका क्रममा निर्णय गरेका प्रावधान हटाउन केन्द्रीय समिति नलाग्नु पर्ने हो । महासमितिले केन्द्रीय कार्यसमिति बैठकबाट परिमार्जनसहित जारी गर्ने गरी विधान संशोधन पारित गरेको थियो । तर, महासमितिको बैठक सकिएको डेढ महिनाबित्दा समेत केन्द्रीय समितिले विधान पारित गर्न सकेको छैन । 

विवाद हुनु र त्यसमा छलफल हुनु पनि धेरै ठूलो विषय हैन । कांग्रेसजस्तो धेरै नेता र कार्यकर्ता भएको देशको पुरानो ठूलो पार्टीमा सबैजसो विषयमा मतभेद हुनसक्छ । त्यस्तो विवाद लोकतान्त्रिक प्रक्रियाद्वारा समाधान पनि हुन्छ । असहमति हुँदाहुँदै पनि लोकतान्त्रिक प्रक्रियाबाट भएको निर्णय सबैलाई मान्य हुन्छ । कांग्रेसमा केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन र क्षेत्रीय प्रतिनिधि मानिने प्रावधान विधानमा राख्ने वा नराख्ने विषयमा अहिले विवाद चर्किएको छ । महासमितिले केन्द्रीय नेताहरू पनि सुरुदेखि नै पार्टी संगठनमा निर्वाचित भएर आउनुपर्ने प्रस्ताव पारित गरेको थियो । पार्टी सभापतिलगायतले विधानमा यो प्रावधान समावेश गर्ने वचन दिएपछि विधान संशोधन प्रस्ताव केन्द्रीय समितिबाट सम्पादन र परिमार्जन गर्नेगरी पारित भएको थियो । अहिले महासमितिले पारित गरेको प्रावधानको मर्मविपरीतको व्यवस्था विधानमा राख्नु महासमितिलाई धोका दिनु हो ।

नेपाली कांग्रेसका नेताहरूले जनतामा आफ्नो छवि कति बिग्रिसक्यो भनेर समीक्षा कहिल्यै गरेका छैनन् । त्यसो त चुनावमा इतिहासकै सबैभन्दा कमजोर अवस्था भएपछि पनि कांग्रेस नेतृत्व यथार्थपरक समीक्षा गरेर पाठ सिक्ने र सुध्रने प्रयासमा लागेन । बरु, एकअर्कामाथि दोषारोपण र दन्तबझानमै उनीहरू रमाएको देखियो । महासमितिको बैठक बोलाउनसमेत पार्टी नेतृत्व सहजरूपमा तयार भएन । अहिले महासमितिको निर्णय नै उल्ट्याएर धोका दिने प्रपञ्च रच्दैछ । आफैँसमेतले गरेको निर्णय चुनावमा हारिने भयले उल्ट्याउने हो भने नेपाली कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्न पनि सुहाउँदैन । महासमितिलाई धोका दिँदा पार्टीभित्र पनि राम्रो सन्देश जाँदैन । जनस्तरमा त यसै पनि कांग्रेस अहिले प्रतिरक्षात्मक अवस्थामै छ । यसैले महासमितिको बैठकको निर्णय उल्ट्याएर दुनियाँ सामु धोकेवाज देखिने नेतृत्वको प्रपञ्च पार्टीका लागि प्रत्युत्पादक हुने देखिन्छ । पार्टीको सबैभन्दा महत्त्वपूर्ण निकायलाई समेत धोका दिनेहरूलाई अरू कार्यकर्ता र जनताले कसरी विश्वास गर्लान् र ? 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC