धनगढी स्टारर्सलाई ९६ रनको लक्ष्य 

धनगढी स्टारर्सलाई ९६ रनको लक्ष्य 

काठमाठौं । धनगढी प्रिमिएर लिग क्रिकेटमा सिवाइसी अत्तरियाले धनगढी स्टारर्सलाई ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको अत्तरियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ९६ रनको लक्ष्य प्रस्तुत गरेको हो । सिवाइसीका लागि सन्नी पटेलले अबिजित ३५ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । जयकिसन कोल्सावालाले २१ रन बनाउँदा प्रेम तामाङले १२ तथा कप्तान दिपेन्द्रसिह ऐरीले ११ रन बनाए । सुबेन्दु पाण्डेले ३ तथा सन्दीप जोरा २ रनमा पेभेलियन फर्किदा भिम सार्की ३ रनमा अबिजित रहे । 

धनगढीका रोहन मुस्तफाले २ विकेट लिए । सोमपाल कामी,अमिर हायत र बिपिन खत्रीको नाममा एक–एक विकेट रह्यो । फाप्ला क्रिकेट मैदानमा ९६ रनको लक्ष्य पाएको धनगढीले अहिले केहीबेरमा जवाफी ब्याटिङमा गर्नेछ ।  धनगढी यसअघि सोमबार पहिलो खेलमा काठमाडौं गोल्डेन्ससंग ४ विकेटले पराजित भएको थियो । 
 

प्रतिकृया दिनुहोस