site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय कानुनअनुसार संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । तीन वटा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले संयुक्त वक्तव्य जारी गरी नेपालको संक्रमणकालीन न्यायमा चासो देखाएका छन् । उनीहरुले सोमबारको मितिमा जारी गरेको वक्तव्यमा संक्रमणकालीन न्यायको प्रक्रिया पारदर्शी ढंगले अन्तर्राष्ट्रिय कानुन र नेपालकै सर्वोच्च अदालतको फैसलाअनुरुप अघि बढाउन आग्रह गरेका छन् ।

उनीहरुले सत्य र बेपत्ता विरुद्धको आयोगमा पदाधिकारी चयन गर्दा निस्पक्षतामा ध्यान दिन आग्रह गर्दै संक्रमणकालीन न्याय प्रक्रियामा विगतमा गरिएका त्रुटि सच्याउन समेत आग्रह गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसरी वक्तव्य जारी गर्नेमा आइसीजे, एम्नेस्टी इन्टरनेसनल र ट्रायल इन्टरनेसनल रहेका छन् । यसअघि संयुक्त राष्ट्र संघ समेत नेपालमा रहेका  विभिन्न देशका दूतावासले वक्तव्य जारी गरेर नेपालको संक्रमणकालीन न्यायमा चासो देखाएकोमा सरकारी तहबाट आपत्ति प्रकट गरिएकै बेलामा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले समेत संक्रमणकालीन न्यायको विषयमा चासो देखाएका हुन् । 

उनीहरुले संक्रमणकालीन न्यायको प्रक्रियामा पीडितहरुलाई पनि सहभागी गराउन आग्रह गरेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC