site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपाल र होन्डुरसका नागरिकद्वारा अमेरिकामा ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालीसहित अप्ठेरोमा परेका विभिन्न देशका नागरिकलाई अमेरिकाले उपलब्ध गराउँदै आएको टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) प्रणाली अमेरिकाले खारेज गरेको सन्दर्भमा नेपाल र होन्डुरसका केही आप्रवासीले अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन् ।

एशोसिएट प्रेस (एपी) ले जनाएअनुसार दुई देशका ६ जनाले सान फ्रान्सिस्कोस्थित संघीय अदालतमा सोमबार यससम्बन्धी मुद्दा दर्ता गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुद्दा दर्ता गर्नेमा अमेरिकामानै जन्मेका दुईजना बच्चासमेत रहेका छन् । सन् २०१५ को भूकम्पपछि अप्ठेरोमा परेका नेपाली नागरिकलाई अमेरिकाले टीपीएस अन्तर्गत सहज रुपमा अमेरिका जाने मौका दिएकोमा नेपालीका लागि दिइएको सो सुविधा जुन २०१९ बाट अमेरिकाले रद्ध गरेको थियो । 

होन्डुरसकालाई भने सन् १९९९ बाट त्यहाँको आँधीका कारण दिइएको सुविधा जनवरी २०२० देखि सकिने जनाइएको छ ।  दुई देशका आप्रवासीले अमेरिकी अदालतमा दायर गरेको मुद्दामा अमेरिकी नीतिले जातीय विभेदलाई बल पुर्याएको दाबी गरिएको छ । सो सुविधा पाउने देशका नागरिकले अमेरिकामा बस्न र काम गर्न पाउँथे ।

Global Ime bank

अमेरिकाले पछिल्लो समयमा आएर सम्बद्ध देशको अवस्थामा सुधार आएको भन्दै टीपीएसको नीति खारेज गरेको थियो । 

यद्यपि यसअघि परेको एउटा मुद्दामा त्यहाँको अदालतले एलसाल्भाडोर, हैटी, निकारागुवा र सुडानका करिब ३ लाख मानिसलाई दिइएको सो सुविधा रोक्ने अमेरिकी प्रशासनको नीतिलाई निस्तेज गरिदिएको थियो । तर गएको अक्टोबरमा भएको सो आदेशमा होन्डुरस र नेपालका कैयौं मानिसहरु भने परेका थिएनन् । सोमबार दर्ता गरिएको मुद्दामा टीपीएस सुविधा अन्तर्गत अमेरिकामा बस्ने नेपाली र होन्डुरसका नागरिकको संख्या ५० हजार भन्दा बढी भएको जनाइएको छ । ती मध्ये थुप्रै विद्यालय पढ्ने केटाकेटी रहेको दाबी गरिएको छ । 

त्यस्तो सुविधा लिने नेपालीको संख्या करिब १५ हजार रहेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC