सुशील कोइरालाको स्मृति दिवसमा महेश आश्रमलाई सहयोग

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति सुशील कोइरालाको तेस्रो स्मृति दिवसको अवसर पारेर सुशील कोइराला मेमोरियल फाउन्डेसनले देवघाटस्थित महेश संन्यास आश्रमलाई १ लाख रुपैयाँ सहयोग गरेको छ । डा. शशाङ्क कोइराला अध्यक्ष रहेको यस संस्थाको तर्फबाट सदस्यसचिव अतुल कोइरालाले आश्रमलाई सहयोग राशि हस्तान्तरण गरेका थिए । देवघाटधाममा माघ २२ गतेदेखि जारी रहेको देवघाटधाम विराट ज्ञान महायज्ञमा सो रकम हस्तान्तरण गरिएको विद्यार्थी नेता सुशान्त आचार्यले जानकारी दिए । पूर्वप्रधानमन्त्री कोइरालाको धार्मिक क्षेत्रमा पनि अत्यन्त आस्था रहेको कारण संस्कृत शिक्षा र गुरुकुलको प्रवर्धनका लागि सो रकम हस्तान्तरण गरिएको सदस्यसचिव कोइरालाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस

संबन्धित समाचार

गिरिजाप्रसाद र सुशील कोइरालाको नामका अस्पताल केन्द्र सरकारकै मातहतमा

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरुलाई

गिरिजाप्रसाद र सुशील कोइरालाका नामका अस्पताल संघ मातहत ल्याउन माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खोलिएका अस्पताललाई

सुशील कोइराला फाउण्डेसनद्वारा युवा पुरस्कार स्थापना

काठमाडौँ, रासस । सुशील कोइराला मेमोरियल फाउण्डेसनले भोलिको नेपालको मार्गचित्र निर्माणमा युवालाई प्रत्यक्ष रुपमा सरिक गराउन रु एक लाख राशिको

सुशील कोइराला फाउण्डेशन र एनआरएनएबीच सम्झौता

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउण्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ