site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतको उडिसामा जारी हिरो वुमेन्स गोल्डकपमा नेपालले आयोजक भारतविरुद्ध २ गोलको अग्रता लिएको छ । पाँचौं महिला साफ च्याम्पीयनसिपलाई केन्द्रित गरी हिरो वुमेन्स गोल्डकपमा सहभागि नेपालले सावित्रा भण्डारीको गोलमार्फत् दुई गोलको अग्रता बनाएको हो ।
खेलको पाँचौ मिनेटमा पहिलो गोल गरेकी सावित्राले लगत्तै दुई मिनेटपछि अर्को गोल गरेकी छन् । पहिलो खेलमा म्यानमारसँग पराजय भोगेको नेपाल भारतविरुद्धको खेलमा विशेष रणनीतिसहित मैदान उत्रिएको छ । साफअघि एकअर्काको कमजोरी पत्ता लगाउने र टोलीको कमजोर पक्ष सुधार गर्ने दुवै टोलीको रणनीति छ । पछिल्लो समय नेपाल र भारतबीच कात्तिकमा म्यानमारमा ओलम्पिक छनोटमा प्रतिस्पर्धा भएको थियो । जहाँ नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । उडिसास्थित कालिंगा रंगशालामा खेल भइरहेको छ ।
साफ च्याम्पीयनसिप र ओलम्पिक छनोटलाई केन्द्रित गर्दै भारतले आयोजना गरेको चार राष्ट्र सम्मिलित हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC