नेसनल ट्रेडिङ र खाद्य संस्थान गाभ्न निर्देशन

नेसनल ट्रेडिङ र खाद्य संस्थान गाभ्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिअन्तर्गत् सार्वजनिक संस्थान उपसमितिले नेसनल ट्रेडिङ कम्पनीलाई नेपाल खाद्य संस्थानमा समायोजन गर्ने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।

उपसमितिका सभापति प्रकाश रसायलीको सभापतित्वमा सोमवार बसेको बैठकले कम्पनीको चल र अचल सम्पत्तिको अभिलेख संकलन गरी संस्थानमा समायोजन गर्न सरकारलाई निर्देशन दिएको हो । संस्थानले ३३ हजार खाद्य सामग्री मौज्दात गर्नुपर्नेमा हाल सो मौज्दात नरहेकामा उपसमितिले सातै प्रदेशमा आवश्यकता अनुसार खाद्य वस्तुको मौज्दात गर्न सुझाएको छ ।

संस्थानले विभिन्न समयमा सरकारसँग १० करोड ८० लाख रुपैयाँ बराबरको मुआब्जा लिन बाँकी रहेकाले सो रकम प्राप्त गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्न उपसमितिले आग्रह गरेको सदस्य सरिताकुमारी गिरीले जानकारी दिए ।

राष्ट्रिय आपूर्ति कम्पनी चाँडै सञ्चालनमा आउने, मन्त्रिपरिषद्बाट स्विकृति पाएसँगै मन्त्रालयले काम अघि बढायो

 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

उद्योग खोल्ने कि ‘ट्रेडिङ’ ? लगानीकर्ताको रोजाइ घरजग्गा 

काठमाडौँ । देशले सङ्घीयता अङ्गीकार गरेसँगै उद्यमशीलताका नयाँ ढोकाहरु खुल्ने आमअपेक्षा थियो । विभिन्नखाले सङ्क्रमणको अन्त्य भई राजनीतिक स्थिरता हुने

अन्तर्राष्ट्रिय स्तरको भनिएको सेयर अनलाइन ट्रेडिङले बजारको चक्र कता पुर्‍याउला ?

काठमाडौं । मंगलबार अर्थमन्त्रीले नेप्से अनलाइन ट्रेडिङ सिस्टमको औपचारिक उद्घाटन गरे । यो ऐतिहासिक अवसरसँगै सेयर मार्केटका नेपाली खेलाडीले घरमै

‘ओपन आउटक्राई’ देखि ‘अनलाइन ट्रेडिङ’ सम्म 

काठमाडौं । मंगलबार बिहान काठमाडौंको होटल याक एन्ड यतिमा तामझामसहितको एउटा कार्यक्रम आयोजना गरियो । कार्यक्रम थियो– नेप्से अनलाइन ट्रेडिङ

अनलाइन ट्रेडिङको समाचारले सेयर बजारमा रौनक, नेप्से बढ्दा कारोबार रकममा भने कमी

काठमाडौं । मंगलबारदेखि नेप्से अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा आयने समाचारले सेयर बजार तताएको छ । सोमबार नेप्से परिसूचकमा ११ दशमलव