site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जन्मदर बढाउन कर र ऋण माफ गर्ने तयारीमा हङ्गेरी
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बीबीसी । आफ्नो देशको भविष्य आप्रवासीहरुमा निर्भर हुन नदिन हङ्गेरीको सरकारले जन्मदर बढाउन विभिन्न नीति अपनाउने भएको छ । देशको जनसङ्ख्या प्रत्येक वर्ष ३२ हजारले कम हुँदै गएपछि यसबारे गम्भीर चिन्ता व्यक्त गर्ने गरिएको छ । हाल त्यहाँका महिलाहरुको प्रजनन दर युरोपेली संघको औसत भन्दा कम रहेको छ ।
यसै समस्याको समाधानका निम्ति सरकारले युवा जोडीहरुलाई ब्याज बिना ३६ हजार डलर ऋण प्रदान गर्ने र तीन बालबालिका जन्माएमा ऋण माफ गरिदिने बताएको छ । त्यसैगरी यता प्रधानमन्त्रीले चार वा सो भन्दा बढी बालबालिकाकी आमालाई जीवनभर करमुक्त गराउने समेत बताएका हुन् । जन्मदर बढाउने उद्देश्यले सरकारले यस्ता विभिन्न उपाय अपनाइरहेको छ । प्रधानमन्त्री भिक्टर अर्बन भन्छन्, ‘युरोपमा लगातार घट्दै गइरहेको जन्मदरको एक मात्र जवाफ भनेको आप्रवासन थियो । यसरी बालबालिकाको कमी पूरा गर्न बाहिरबाट आप्रवासीहरु भित्र्याइने गरिएको छ । तर हङ्गेरीका जनता यस विषयमा फरक विचार राख्छन् । ’ उनले थप भने, ‘किनकी हामीलाई अङ्क बढाउनु छैन बरु हङ्गेरीकै स्थानीय बालबालिका आवश्यक छ ।’ 
यसरी प्रधानमन्त्री अर्बनले राष्ट्रिय सम्बोधनका क्रममा जन्मदरलाई ७ प्रतिशतले बढाउने घोषणा गरेका हुन् जसमा सर्वसाधारणले सबैभन्दा बढी उत्साह व्यक्त गरेको बताइएको छ । यसरी जन्मदर बढाउने सरकारको योजना अन्र्तगत आगामी तीन वर्षमा २१ हजार नर्सरी निर्माण गरिने बताइएको छ भने देशको स्वास्थ्य प्रणालीमा पनि थप २.५ अर्ब डलर खर्च गरिने पनि बताइएको छ । त्यसैगरी सरकारद्वारा प्रायोजित हाउसिङको व्यवस्था र सातवटा सिट भएको सवारी खरिदमा समेत सरकारले आर्थिक सहयोग गर्ने बताइएको छ । हाल युरोपेली संघमा सबैभन्दा धेरै प्रजनन दर रहेको देश फ्रान्स हो । दक्षिण अफ्रिका स्थित नाइजर भने प्रजनन दरमा विश्वमै सबैभन्दा अगाडि रहेको छ (प्रति महिला ७.४ बच्चा) ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  २१:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC