चलचित्र ‘यात्रा’को गीत ‘पञ्च पन्छी’ सार्वजनिक

चलचित्र ‘यात्रा’को गीत ‘पञ्च पन्छी’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को गीत सार्वजनिक भएको छ । मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलको स्वर रहेको गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको छ । 

‘पञ्च पन्छी’ बोलको गीतमा मुख्य कलाकार सलिन मान बानियाँ र मालिका महतसँगै अन्यकलाकार पनि फिचर्ड छन् । भिडियोमा काठमाडौं देखि सोलुखुम्बुसम्मको यात्राको दृश्यलाई देखाइएको छ । 
सम्राट शाक्यको डेब्यु निर्देशन चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ मा यात्राको क्रममा आउने घटनाक्रमलाई प्रस्तुत गरिएको छ । 

सलोन बस्नेत, जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाललगायतको अभिनय छ । साथमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय देख्न सकिने छ । 

बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा कमाएका अंकित संग्रौला र एन्जल राईलाई पनि चलचित्रमा देख्न सकिने छ ।  

सम्राट शाक्यको कथा तथा निर्देशन रहेको चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । चैत २९ गते चलचित्र रिलिज हुँदैछ ।

प्रतिकृया दिनुहोस
ad