site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभापति देउवाले गरे नेविसंघ अध्यक्ष महरको राजीनामा स्वीकृत
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरको राजीनामा स्वीकृत गरेका छन् । सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले अध्यक्ष महरको राजीनामा स्वीकृत गरेका हुन् । 
उनले महरलाई नेविसंघमा रहँदा गरेको कामप्रति धन्यवादसमेत दिएका छन् । महरले सोमबार दिउँसो नै सभापति देउवालाई राजीनामा बुझाएका थिए । पार्टी नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि अध्यक्ष महरले राजीनामा दिएका हुन् । 
नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रशस्त गरेका श्रोतको भनाइ छ । उनले राजीनामा दिनु अगाडि नेविसंघ केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरेका थिए । 
नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाको समय माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत् राखेको थियो । 
यसैबीच केन्द्रीय कार्यसमितिको अर्को मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC