अनमोललाई नेपालगञ्जमा कडा सुरक्षा 

अनमोललाई नेपालगञ्जमा कडा सुरक्षा 

काठमाडौं । फागुन १७ गतेबाट रिलिज हुने चलचित्र ‘क्याप्टेन’ले आफ्नो प्रचार सुरु गरेको छ । प्रचारका क्रममा चलचित्रका मुख्य कलाकार अनमोल केसी नेपालगन्ज पुगेका छन् । 

नेपालगन्जमा आयोजित प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव–२०७५ खजुराका दर्शकमाझ अनमोलसहित क्याप्टेन निर्माण टिम पुगेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यवस्थाकाबीच अभिनेता अनमोललाई मञ्चमा पु¥यइएको थियो । 

महोत्सवमा अभिनेता केसी आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली, हुटिङले खजुरावासीले स्वागत गरेका थिए । 

महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकबीच रिलिजको तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’का विषयमा सवाल जवाफसमेत भएको थियो । दर्शकले अनमोललाई ‘क्याप्टेन’को रिलिज डेट सोधेका थिए । 

अनमोलले दर्शकलाई चलचित्र ‘क्याप्टेन’को ‘रहर छ सँगै...’ बोलको गीतमा डान्सका केही स्टेप देखाउनुका साथै ट्रेलरमा समावेश केही डाइलग सुनाएका थिए । 
 

प्रतिकृया दिनुहोस
ad