सुन तोलाको ६२ हजारमा कारोबार

सुन तोलाको ६२ हजारमा कारोबार

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ स्थानीय बजारमा आज सोमबार तोलाको ६२ हजारमा कारोबार भइरहेको छ । यो हिजोको दाँजोमा १ सय रुपैयाँले कम हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबार सुनको भाउ तोलाको ६२ हजार १ सय थियो । गएको साता शुक्रबार पनि ६२ हजार १ सय, बिहीबार ६२ हजार, बुधबार ६२ हजार ४ सय, मंगलबार ६२ हजार ६ सय, सोमबार ६२ हजार ५ सय तथा आइतबार ६२ हजार ३ सयमा कारोबार भएको थियो ।   

खस्किँदै गएको अमेरिकी अर्थतन्त्र, अन्तर्राष्ट्रिय बजारमा शक्तिशाली मुद्रा अमेरिकी डलर कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च हुँदै गएको व्यवसायीको भनाइ छ । 
महासंघका अनुसार छापावाल सुनको भाउ यसअघि २०७० भदौ १२ गते नेपाली इतिहासकै सबैभन्दा बढी तोलाको ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको आधिकारिक ‘रेकर्ड’ छ । स्थानीय बजारमा सुनको भाउ अझै बढ्ने अनुमान छ । यो बढेर तोलाको ६५ हजारसम्म पुग्ने अन्तर्राष्ट्रिय विश्लेषकको प्रक्षेपण छ ।

अमेरिकाको अर्थतन्त्र पछिल्लो पटक ओरालो लाग्नुका साथै अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ खस्किँदै गएका कारण अमेरिकीले सुनमा लगानी बढाउँदै लगेपछि भाउ उच्च हुँदै गएको महासंघको भनाइ छ । त्यसबाहेक अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धदेखि चीन र उत्तर कोरियाबीचका पछिल्ला समझदारीका कारण सुनको भाउ बढ्दै गएको हो ।

त्यसैगरी भारतको अर्थतन्त्र ओरालो लागेका कारण भारतीय रुपैयाँ (भारु) पनि डलरको दाँजोमा कमजोर हुँदै जानु सुनको भाउ बढ्नुको अर्को कारण हो । नेपालमा विवाहको सिजन (माघ–फागुन) चलिरहेका बेला सुनको भाउ बढे पनि कारोबार भने कम मात्रामा भइरहेको व्यवसायीको भनाइ छ । 

महासंघका अनुसार हाल नेपालमा दैनिक २० किलोबराबर सुन बिक्री हुने गरेको छ । सुनचाँदी व्यवसायीले नेपाल राष्ट्र बैंक वा उसले तोकेका अन्य ‘क’ वर्गका वाणिज्य बैंकबाट दैनिक २० किलोसम्म सुन खरिद गर्न पाउँछन् ।

त्यसैगरी तेजाबी सुनको भाउ पनि १ सयले घटेर तोलाको ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार ६१ हजार ८ सय, गएको साता शुक्रबार पनि ६१ हजार ८ सय, बिहीबार ६१ हजार ७ सय, बुधबार ६२ हजार १ सय, मंगलबार ६२ हजार ३ सय, सोमबार ६२ हजार २ सय तथा आइतबार ६२ हजार रुपैयाँ थियो । 

चाँदीको भाउ भने चार दिनदेखि तोलाको ७ सय ७५ रुपैयाँमा स्थिर रहेको छ । गत साता बुधबार ७ सय ८० र मंगलबार ७ सय ८५ रहेको चाँदीको भाउ त्यसअघि पाँच दिनसम्म तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।  

महासंघका अनुसार माघ २८ (आज) सम्मको मूल्यसूची हेर्दा छापावाल सुनको भाउ माघ २१ मा ६२ हजार ५ सय, २२ मा ६२ हजार ६ सय, २३ मा ६२ हजार ४ सय, २४ मा ६२ हजार तथा माघ २५ र २७ मा ६२ हजार १ सय रुपैयाँ थियो । 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

सुन तोलाको ६२ हजारमा कारोबार

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ आज बिहीबार थप ४ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा छापावाल सुनको