site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्वान्टी–२० अलराउन्डरतर्फ कप्तान पारस ४०औं स्थानमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आईसीसी बरियातामा ट्वान्टी–२० अलराउन्डरतर्फ ४०औं स्थानमा उक्लिएका छन् । जुन पारसको करियरमै सबैभन्दा उच्च स्थान हो ।

युनाइटेड अरब इमिरेट्स (यूएई) बिरूद्धको ट्वान्टी–२० शृङ्खलामा नेपाल २–१ ले विजयी भएको थियो । ट्वान्टी–२० मै ब्याट्सम्यानको बरियतामा पनि पारस पाँच स्थान माथि उक्लिएका छन् । पारस ब्याटिङमा ९०औं स्थानमा छन् । अघिल्लो महिना कप्तान पारस ब्याटिङतर्फ ९६औं स्थानमा थिए  ।

नेपालका बलिङ अलराउन्डर सोमपाल कामी अलराउन्डरतर्फ २२ स्थान माथि उक्लिएका छन् । सोमपाल ५१औं स्थानमा छन् । त्यस्तै बलिङमा सोमपाल ७० र बसन्त ७१ औं स्थानमा छन् । अघिल्लो महिना सोमपाल ९३ र बसन्त ७४ औं स्थानमा रहेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय बरियतामा अलराउण्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्यासवेल शीर्ष स्थानमा छन् । ब्याटिङतर्फ पाकिस्तानका बाबर अजाम शीर्ष स्थानमा रहँदा बलरतर्फ अफगानस्थानका रासिद खान पहिलो नम्बरमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC