मोटरसाइकल चोरी अभियोगमा ४८ जना समातिए

मोटरसाइकल चोरी अभियोगमा ४८ जना समातिए

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी कार्यमा संलग्न ४८ अभियुक्तलाई समातेको छ ।

उक्त अभियोगमा २९ मोटरसाइकलसहित ४८ जनालाई आवश्यक कारबाहीका लागि मुद्दा चलाउन महानगरीय अपराध महाशाखा पठाइएको ट्राफिक महाशाखाका पीडित सहायता एकाई प्रमुख रुद्रबहादुर शाहीले बताए ।

पक्राउ परेका अभियुक्तमध्ये केही चोरहरु पटकेसमेत रहेको अनुसन्धानमा खुलेको छ ।

काठमाडौं उपत्यकामा चालु आर्थिक वर्षमा ६४७ मोटरसाइकल चोरी भएको र खोजीका लागि महाशाखामा निवेदन परेको छ ।

चोरी भएकामध्ये ४२ मोटरसाइकल र पाँचवटा चारपाङ्ग्रे सवारी साधनलाई पक्राउ गरी अनुसन्धानपश्चात आवश्यक कारबाहीका लागि भन्सार पठाएको महाशाखा स्रोतले बताएको छ ।

यस्तै १ थान चारपाङ्ग्रे सवारी साधनलाई सम्बन्धित धनीको जिम्मा लगाएको महाशाखाले जनाएको छ । यस्तै २३३ मोटरसाइकललाई पक्राउ गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको एसएसपी पन्तले बताए ।
 

प्रतिकृया दिनुहोस