रुपन्देहीद्वारा ११२ रनको लक्ष्य प्रस्तुत 

रुपन्देहीद्वारा ११२ रनको लक्ष्य प्रस्तुत 

काठमाडौं । बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ओभरमा सबै विकेटको क्षतिमा ११२ रनको लक्ष्य प्रस्तुत गरेको हो । 

रुपन्देहीका लागि सुमित महर्जनले २७ रन बनाउँदा बिनोद भण्डारी १९ रन बनाए । सन्दीप सुनार १५, बाबर हायत १४ तथा बिक्रम सोब १६ रनमा अबिजित रहे । रुपन्देहीका ६ खेलाडीले दोहोरो अंक बनाउन सकेन् । महेन्द्रनगर युनाइटेडका सिद्धान्त लोहनीले ३ ,अभिनास बोहरा र सागर ढकालले २–२ विकेट लिए । कप्तान शरद भेषवाकरको नाममा एक विकेट रह्यो । 

फाप्ला क्रिकेट मैदानमा ११२ रनको लक्ष्य पछाउँदै महेन्द्रनगर जवाफी ब्याटिङमा छ । ४ ओभरको समाप्तीमा महेन्द्रनगरले १ विकेटको क्षतिमा २४ रन बनाएको छ । यसअघि आज भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले धनगढी स्टारर्सलाई ४ विकेटले पराजित गरेको थियो । 
 

प्रतिकृया दिनुहोस
ad