देउवालाई महरले भने– तपाईंको 'कोटरी'ले गर्दा नेविसंघ यो हालतमा आयो, तदर्थ समिति गठन गर्दा सचेत हुनुस्

देउवालाई महरले भने– तपाईंको 'कोटरी'ले गर्दा नेविसंघ यो हालतमा आयो, तदर्थ समिति गठन गर्दा सचेत हुनुस्

काठमाडौं । नेविसंघका अध्यक्ष निवर्तमान अध्यक्ष नैनसिंह महरले पार्टी सभापति शेरबहादुर देउवालाई सचेत भएर तदर्थ समिति गठन गर्न आग्रह गरेका छ्न् । राजीनामा पत्र बुझाइ सकेपछि देउवासँग महरले महाधिवेशन गराउने तदर्थ समिति गठन गर्दा सचेत हुन आग्रह गरेका हुन् । 

“तपाईंको कोटरीले गर्दा नेविसंघ यो हालतमा आयो । कोटरीकै कुरा सुनेर अगाडि बढ्नु भो भने दुर्घटनामा पर्नुहुन्छ,” महरले सभापति देउवासँग भने, “दाइ सचेत हुनुस्, नेता चयन गर्दा ख्याल गरेर गर्नुहोला ।”

जवाफमा देउवाले पार्टीका नेता र महरसँग सल्लाह गरेर नेविसंघको तदर्थ समिति गठन गर्ने आश्वाशन दिएको स्रोतले बतायो ।

महरले आज पार्टी सभापति देउवासमक्ष राजीनामा दिएका हुन् । महाधिवेशन गर्ने वातावरण नभएको भन्दै उनले राजीनामा दिएका हुन् । 

नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो । 

प्रतिकृया दिनुहोस

केशव सावद

संबन्धित समाचार

प्रधानमन्त्रीकै अगाडि शेखरको प्रश्न– तपाईंका मन्त्रीले चाहिँ कसम खानु पर्दैन ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कर्मचारीले कसम खाँदैमा भ्रष्टाचार र अनियमितता नरोकिने जिकिर गरेका छन् । पत्रकार

प्रधानमन्त्रीलाई सीमा बस्नेतको पत्र– तपाईंको राज्यमा हामी छोरीहरूको बाँच्ने कुनै अधिकार छैन ?

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौँ । विषयः ध्यानाकर्षण गराइएको । आज म यो पत्र कोर्न विवश छु । त्यसो

के तपाईंलाई मोबाइलको लत परेको त छैन ?

बीबीसी । मोबाइल फोन प्रयोग गर्ने बानीबाट प्रयोगकर्तालाई के कस्तो हानी हुन्छ र प्रविधि कम्पनीहरुको सहायतामा उक्त हानीलाई न्यून गर्न