पार्टी नेताहरुकाे ‘प्रेसर’ थेग्न नसकेपछि नेविसंघ अध्यक्ष महरले दिए राजीनामा 

पार्टी नेताहरुकाे ‘प्रेसर’ थेग्न नसकेपछि नेविसंघ अध्यक्ष महरले दिए राजीनामा 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिका छन् ।

कांग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर अध्यक्ष महरले राजीनामा दिएका हुन् । उनले राजीनामा पत्र पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।  

पार्टी नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि अध्यक्ष महरले राजीनामा दिएका हुन् । नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गरेका श्रोतको भनाइ छ । उनले राजीनामा दिनु अगाडि नेविसंघ केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरेका थिए । 

उनले ‘महाधिवेशन गर्ने वातावरण नभएको बताएका थिए । 

नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो । 

राजीनामा दिँदै महरले महाधिवेसन सम्पन गराउन तत्काल तदर्थ समिति गठन गर्नुपर्ने बताए । यता, पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कसको नेतृत्वमा तदर्थ समिति बन्छ अहिलेनै भन्न नसकिने स्पष्ट पारे । 

 

प्रतिकृया दिनुहोस
ad