कार्पेट गोदाममा आगलागी

कार्पेट गोदाममा आगलागी

काठमाडौं । ललितपुरमा डन्लप र कार्पेट गोदाममा आगलागी भएको छ । ललितपुर महानगरपालिका नख्खुडोलमा रहेको डन्लप र कार्पेट गोदाममा आगलागी भएको हो । 

आगलागीको कारण खुल्न नसकेको र आगो नियन्त्रणको काम भइरहेको काठमाडौं महानगरपालिका आपकालीन कार्यसञ्चालन केन्द्रका कार्य प्रमुख किशोर भट्टराईले जानकारी दिए । 

आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, काठमाडौं, ललितपुर महानगरपालिकाका दमकल सक्रिय छन् । 

प्रतिकृया दिनुहोस