खेल
काठमाडौं । कैलालीको धनगढीमा आजदेखी सुरु तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले टस जितेर ब्याटिङ रोजेपछि शरद भेषवाकरको कप्तानीमा रहेको महेन्द्रनगर युनाइटेडले फिल्डीङ गर्दैछ । दुबै टोली पहिलो खेलमा सुखद नतिजाको खोजीमा छन् ।
यसअघि आज भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले धनगढी स्टारर्सलाई ४ विकेटले पराजित गरेको थियो ।
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५ १३:१८
प्रतिक्रिया दिनुहोस्