site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डीपीएलमा काठमाडौं गोल्डेन्सको विजय सुरुआत, धनगढी ४ विकेटले पराजित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । घरेलु टोली धनगढी स्टारर्समाथि ४ विकेटको रोमान्चक जित निकाल्दै काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा विजय सुरुआत गरेको छ । 

१३३ रनको लक्ष्य एक बल बाँकी रहँदै भेटाउएपछि काठमाडौं गोल्डेन्सले विजय सुरुआत गरेको हो । काठमाडौं गोल्डेन्सको जितमा अंकित डाबसले २९ रन बनाए । गौरब तमोरले २८ रन बनाउँदा अनिल शाहले २४, बिक्रम भुषालले अविजित १४ तथा मेहबुब आलमले १२ रन बनाए । धनगढीका लागि रोहन मुस्तफाले ४ विकेट लिएपनि टोलीलाई जिताउन सकेन् । मुस्तफाका साथैं अमिर हायत र बिपिन खत्रीले १–१ विकेट लिए । 

यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाउँदा सन्दीप रजाइलीले २८,सौरभ खनालले अविजित २५ रन बनाउँदा सुनिल धमाला ३ तथा रोहन मुस्तफा रनआउट भएका थिए । वर्षाले मैदान हिलाम्यभएपछि डीपीएलका खेलबाट आजबाट सुरु भएको हुन् । अर्को खेलमा महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC