‘भ्यालेन्टाइन डे’मा सोमस्र्वीद्वारा ‘ह्यान्ड हर्ट’को अवधारणा प्रस्तुत गर्दै

‘भ्यालेन्टाइन डे’मा सोमस्र्वीद्वारा ‘ह्यान्ड हर्ट’को अवधारणा प्रस्तुत गर्दै

काठमाडौं । 'भ्यालेन्टाइन डे' जोडीहरुको लागि एक विशेष दिन हो । जुन दिन उनीहरु एकअर्कामा प्रेमभाव साटासाट गरी आफ्नो मनका कुराहरु व्यक्त गर्दछन् । यो दिनलाई संसारभर प्रेम उत्सवको रुपमा मनाइन्छ । नेपाल पनि यसबाट अछुतो छैन । केहीवर्ष यता नेपालमा पनि भ्यालेन्टाइन डे मनाउन थालिएको छ । 

फ्रेबुअरी महिनाको शुरुदेखि नै विभिन्न कार्यक्रम गरी प्रेम दिवस मनाउने चलन बढ्दै गएको छ ।  फ्रेबुअरी १४ गते मनाउने प्रेम दिवस अगाडि नै रोज डे, चकलेट डे, हग डे, टेडी डे जस्ता प्रेम अभिव्यक्त गर्ने विभिन्न दिनहरु नेपाली युवा माझ पनि लोकप्रिय हुँदै आएको छ ।

यसवर्ष पनि सोमस्र्वी प्रणय दिवस उत्सव मनाउन युवामाझ लोकप्रिय स्वप्न सुमन र ज्योत्सना योगीका साथ प्रस्तुत भएका छन् । यसपटक सोमस्र्वीले “ह्यान्ड हर्ट” लाइ प्रेमको प्रतिकका रुपमा प्रस्तुतगरेको छ । “ह्यान्ड हर्ट” कुनै पनिशब्दको प्रयोग विनाहातको औँलाहरु प्रयोगगरि प्रेम अभिव्यक्तिगर्ने माध्यमहो । यसमाऔँलाहरुबाट कलात्मक रुपमा हर्ट अर्थात मुटु आकार बनाइन्छ । 

स्वप्न र ज्योत्सनाले आफ्ना औँलाहरु प्रयोग गरी बनाएको हर्ट आकारयुक्त सोमस्र्वी क्याम्पेन युवा पुस्तामाझ लोकप्रिय हुनेछ भन्ने अपेक्षा गरिएको छ । नयाँ पुस्ताका स्टारहरु जस्तै ग्यालोर, जस्टिन विवर, टेलर स्वीफ्ट, लेडी गागा, सेलेना गोमेज, डेमी लोभाटो, ब्लेक लाइभ्ली र फुटबलर्स हजार्ड, एग्लो रोशी तथा अरु धेरैले “ह्यान्ड हर्ट” को प्रदर्शनले दर्शकलाई आकर्षित गरेका छन् । 
 

प्रतिकृया दिनुहोस