सकियो ‘घर’को छायांकन 

सकियो ‘घर’को छायांकन 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घर’को छायांकन सकिएको छ । काठमाडौंमा छायांकन गरिएको चलचित्रको सुटिङ् २१ दिनमा सकिएको दीपेन्द्र के खनालले जानकारी दिए । 

‘घर’लाई अर्पण थापाले निर्देशन गरेका छन् । चलचित्रको कथा पनि निर्देशक स्वयम्ले लेखेका छन् । ‘घर’ मा मुख्य कलाकारमा अर्पण स्वयम् पनि एक हुन् ।

अर्पणसँगै सुरक्षा पन्त र बेनिशा हमाल पनि चलचित्रको मुख्य भूमिकामा छन् । चलचित्र डी.एस. डिजिटलको ब्यानरमा निर्माण भएको हो । यो ब्यानरल वार्षिक चार वटा चलचित्र निर्माण गर्ने घोषणा गरेको छ । डी.एस. डिजिटल ब्यानरको ‘घर’ पहिलो चलचित्र हो । 

डी.एस. डिजिटल ब्यानर निर्देशक दीपेन्द्र के खनाल र नायक सुरज पाण्डेको हो । सुरज ‘लब लब लब’का नायक हुन् । 

डी.एस. डिजिटल नेपालमा पहिलो पटक रेड एट के क्यामेरा नेपालमा भित्राउने ब्यानर हो ।   
 

प्रतिकृया दिनुहोस