site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागको आयोजनामा भएको चारदिने ‘सिर्जनात्मक चित्रकला महोत्सव’ सम्पन्न भएको छ । 

विभिन्न कार्यक्रमका विजेता चित्रकारलाई पुरस्कृत गर्दै आइतबार महोत्सव सम्पन्न गरिएको कार्यक्रम संयोजक रमेशनाथ खनालले जानकारी दिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

महोत्सवअन्तर्गत प्रतियोगितात्मक चित्रकला कार्यशालामा सहभागी ६० चित्रकारमध्ये रोशन विक प्रथम, कृष्णगोपाल श्रेष्ठ दोस्रो र शशांक रञ्जित तेस्रो भए । यस्तै परफरमेन्स आर्टमा मुना भडेल प्रथम, प्रमिला लामा दोस्रो तथा त्रिष्टोफरमान सिंह तेस्रो हुन सफल भए ।  

कार्टुनकलातर्फ मञ्जु शर्मा प्रथम, दिपेन लिम्बू दोस्रो र क्रिष्टोफरमान सिंह तेस्रो भएका छन् । हरेक विधाका विजेतालाई नगद क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजारसहित प्रमाणपत्र वितरण गरिएको थियो । 

Global Ime bank

महोत्सवमा ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’ काठमाडौँको हनुमानढोकामा भएको थियो भने अन्य कार्यक्रम नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो । सो क्रममा कला फोटोग्राफीसम्बन्धी पुस्तक लेख्न प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारलाई जिम्मा दिइएको आयोजकले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC