site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली र दाहाललाई मिलाउन दोस्रो पुस्ताको दौडधूप
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकार र पार्टीको कार्यशैलीलाई लिएर सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढेको असन्तुष्टि कम गर्न दोस्रो तहका नेताहरूले दौडधूप शुरू गरेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच शनिबार तीन घन्टा लामो भेटवार्तामा गतिरोध अन्त्य गर्ने सन्दर्भमा कुराकानी भएको नेकपाका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

भेनेजुएला प्रकरणमा अध्यक्ष ओलीले बुधबारको टेलिभिजन कार्यक्रममा  अर्का अध्यक्ष प्रचण्डलाई ‘चिप्लिएको’ प्रतिक्रिया दिएका थिए । शुक्रबार काठमाडौंमा आयोजित पुस्तक विमोचनको कार्यक्रममा सरकारको कार्यशैलीप्रति तीव्र विमति जनाउँदै प्रचण्डले ‘माओवादी सिध्याइयो नभन्ठानौँ, अर्को जन्मन्छ र झन् ठूलो द्वन्द्व हुने खतरा आउँछ’ भनेर जवाफ फर्काएपछि नेकपा वृत्तमा तरङ्ग उत्पन्न भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, शनिबारको बैठकले दुई अध्यक्षबीच तनाब कम गर्न सहयोग पुर्याएको पौडेलको भनाइ छ । “मिलेर जान दुई अध्यक्ष सहमत भइसक्नुभयो, असमझदारी लम्ब्याएर काम छैन,” पौडेलले बाह्रखरीसँग भने ।

त्यस्तै, पूर्वएमालेका केही युवा नेताले पनि दुई अध्यक्षबीच बढेको अन्तरविरोधको समाधान खोज्न पहल थालेको एक नेताले जानकारी दिए ।

Global Ime bank

“भेनेजुएला प्रकरणमा सचिवालयको वक्तव्य आइसकेको थियो, सरकारको धारणा पनि सार्वजनिक भइसकेको सन्दर्भमा प्रधानमन्त्रीले अलग्गै टिप्पणी गर्नुहुँदैनथ्यो, यसैमा अल्झिएर बस्नुहुँदैन, दुई अध्यक्ष मिलेर छिटो एकताको कोर्ष पूरा गर्नुपर्छ,” ती नेताले बाह्रखरीसँग भने ।

प्रचण्ड–बेरी वार्ता

भेनेजुएला प्रकरणलाई लिएर नेपाल अमेरिका सम्बन्ध चिसिएका बेला कूटनीतिक तवरबाटै दुईदेशबीचको तनाव कम गर्ने प्रयास भएको पौडेलको दाबी छ ।

पौडेलका अनुसार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रचण्ड निवास खुमलटार नै पुगेर भेटवार्ता गरेका छन् ।

“अमेरिकी राजदूत र पार्टीअध्यक्षबीच भेटवार्ता भएको छ,” पौडेलले भने, “सबैकुरा मिलाउने प्रयास भइरहेको छ ।”

भेटमा प्रचण्डले भेनेजुएला संकटबारे पार्टीले जारी गरेको वक्तव्यका विषयमा प्रष्ट पारेको र बेरीले अमेरिका भ्रमणको निम्तो दिएको पौडेलको दाबी छ ।

ओलीको  कार्यशैलीले अप्ठेरो

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कार्यशैलीले दुई अध्यक्षको सम्बन्धमा चिसोपना आएको नेकपाका एक नेता बताउँछन् ।

“कसैसँग सरसल्लाह नगर्ने, साँघुरो घेरामा बस्ने प्रधानमन्त्रीको कार्यशैली छ, प्रचण्डलगायत पूर्वमाओवादी केन्द्र पंक्तिलाई पनि आफूहरूलाई माइनस गर्न खोजिएको लागेको हुन सक्छ,” नेकपाका दोस्रो तहका ती नेता दाबी गर्छन् ।

पार्टी अध्यक्ष ओलीले प्रचण्डलाई अध्यक्ष नस्वीकारेको र सरसल्लाह समेत नगरेका कारण चिसोपना बढेको हुनसक्ने र दुई अध्यक्ष बसेर असमझदारी अन्त्य गर्नुपर्ने तर्क ती नेताको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC