site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हिउँदे झरी सकिएकै हो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा आज (सोमबार) वर्षा नहुने मौसम विभागले जनाएको छ । पश्चिमी वायूको प्रभाव कमजोर रहेकाले काठमाडौंमा वर्षाको सम्भावना नरहेको विभागको भनाइ छ । 

“कमजोर वायूले वर्षा गराउँदैन, त्यसैले काठमाडौंमा आज वर्षाको सम्भावना छैन,” विभागकी मौसम विद् गंगा नगरकोटीले भनिन्, “आज देशभर आंशिक देखि सामान्य बदली रहने तर उच्च पहाडी भेगका केही स्थानमा हल्का  वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं उपत्यकाको आज विहान ६ बजेको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । 

मंगलबार (भोली) देशको पश्चिमी भू–भाग साथै पूर्व र मध्येका पहाडी भू–भागमा आंसिक बदली रहने छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । 

Global Ime bank

बुधवार दिउँसो देशको पश्चिमी साथै पूर्व र मध्येका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ । सविभागका अनुसार बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

“तीन दिनपछि पश्चिमी वायू सक्रिय हुन्छ या कमजोर हुँदै जान्छ अहिले नै भन्न सकिन्न त्यसैले अब मौसम खुल्दै जान्छ अथवा पुनः वर्षा हुन्छ अहिले नै भन्न सकिँदैन,” मौसम विद् नगरकोटीले भनिन्, “पश्चिमी वायू सक्रिय भयो भने मौसममा बदली आउने र वर्षा हुने र तापक्रम पनि बृद्धि नहुन सक्छ । तर, पश्चिमी वायू कमजोर बन्दै गयो भने तापक्रम पनि बढ्दै जानेछ र हिउँदे वर्षा सकिनेछ ।” 

मौसम विभागले तीन दिनसम्मको मात्रै भविश्यवाणाी गर्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC