site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारको कामप्रति नेता नेपालको असन्तुष्टि 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् । नेता नेपालले जनताको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए । 

आइतबार हेटौंडामा स्थानीय संचारकर्मीमाझ उनले जनताको चाहना अनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता औंल्याए । वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराए । 

फरक प्रसंगमा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विनाएजेन्डा आन्दोलन सुरु गरेको भन्दै आपत्ति जनाए । उनले आफ्नो नेताले भ्रष्टाचार गरेको भए ढाकछोप गर्ने नियत राखेर कांग्रेसले आन्दोलन सुरु गरेको उल्लेख गर्दै त्यसलाई जनताले सकारात्मक रुपमा लिन नसक्ने दावी पनि गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC