काठमाडौं । विगत १० वर्षदेखि आख्यान विधाको लघुत्तमरुप लघुकथाका क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था लघुकथा समाज नेपालको अधिवेशन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न समाजको अधिवेशनले अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलाई आगामी कार्यकालका लागि अध्यक्षमा निरन्तरता दिएको छ । सोही अधिवेशनले समाजको उपाध्यक्षमा ध्रुव मधिकर्मी सचिवमा तुलसीहरि कोइराला र कोषाध्यक्षमा सुमन सौरभलाई चयन गरेको छ ।
यसैगरि समाजका सदस्यहरुमा गोपाल अश्क, डा. पुष्करराज भट्ट, डम्बर रसिक भारती, श्रीबाबु कार्की, सुषमा मानन्धर, सिन्धु गौतम र छविरमण सिलवाल चयन भएका छन् ।
कार्यक्रममा साहित्यकारहरु अशेष मल्ल, किशोर पहाडी, पवन आलोक, राधेश्याम लेकाली, डा. लक्ष्मण गौतम, नारायण तिवारी, महेश प्रसाईले नयाँ कार्यसमितिलाई शुभकामना दिए ।
कार्यक्रममा बर्माबाट आएका साहित्यकार ज्ञानबहादुर थापा बगालेले पनि बोलेका थिए ।