site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तीनजनालाई धरणीधर पुरस्कार  
Sarbottam CementSarbottam Cement

विराटनगर । धरणीधर पुरस्कार प्रतिष्ठानले यस वर्षको राष्ट्रिय पुरस्कारबाट तीनजनालाई पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार मीनकुमार नवोदितलाई प्रदान गरिएको छ । श्रेष्ठ डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । 

१२६ औं धरणी जयन्तीे अवसरमा १५ हजार राशिको धरणीधर राष्ट्रिय सम्मान नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, प्रदेश सांसद केदार कार्की, विराटनगर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले नवोदितलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित पुरस्कार प्रदान गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै प्रतिष्ठानले यस वर्षको धरणीधर राष्ट्रिय कला पुरस्कारबाट वरिष्ठ कलाकार माया पौडेल र धरणीधर राष्ट्रिय साहित्य पुरस्कारबाट साहित्यकार मञ्जु श्रेष्ठलाई पुरस्कृत गरेको छ । विगतमा धरणीधर राष्ट्रिय पुरस्कारबाट एकजनालाई मात्रै पुरस्कृत गर्ने गरिएको थियो । यस वर्षदेखि पत्रकारिता, कला र साहित्य गरी तीन विधामा पुरस्कार प्रदान गर्न थालेको प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा प्रतिष्ठानले विराटनगर वडा नम्बर ११ र १२  नम्बर वडामा बसोबास गर्ने साहित्यकारहरू लावण्य सापकोटा, हरि बराल, सुमन पोखरेल, सरला चापागाईं, दीपक शम्भु, दयानाथ नेपाल, राधिका पन्थी, कविता केसरी, सीता लामिछाने, चन्द्रमणि न्यौपाने, फणिराज नेपालसहित ११ जनालाई सम्मान गरेको छ । त्यस्तै दुवै वडामा बसोबास गर्ने भीमप्रसाद कोइराला, खड्गबहादुर अधिकारी, घनश्याम बराल, तिलकबहादुर थापा, कमल नेपाल, तारानाथ घिमिरे, धनकुमारी भट्टराई, मानकुमारी बञ्जारा, उत्तरा श्रेष्ठ, हरिप्रसाद भट्टराई र खड्ग रायलाई ज्येष्ठ नागरिक सम्मान प्रदान गरेको थियो । 

Global Ime bank

कार्यक्रममा साहित्यकार देवी पन्थी, शिवनारायण पण्डित ‘सिंंगल’, लगायतले प्रतिष्ठानका गतिविधिका विषयमा जानकारी गराउनुभएको थियो । प्रमुख अतिथिसमेत रहेका कोइरालाले समाज रुपान्तरणमा साहित्यकारको महत्वपूर्ण भूमिका रहँदै आएको चर्चा गरे । सांसद कार्कीले जग्गा उपलब्ध गराए प्रतिष्ठानका लागि आफूले भवन बनाइदिने प्रतिबद्धतासमेत जनाए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १८:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC